हलिउड निर्माताहरू नेपाल आउने « Khabarhub

हलिउड निर्माताहरू नेपाल आउने


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १ गतेदेखि ५ गतेसम्म राजधानीको सभागृहमा आयोजना हुने तेस्रो नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) मा हलिउड फिल्ममेकर ल्यारी कासानोफ, ज्याक स्टेन्ज र जोयलोन होफ नेपाल आउने भएका छन् ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा हुने लागेको यो फेस्टिभलमा हलिउड फिल्ममेकरले डिजिटल स्ट्रिमिङसम्बन्धी वर्कशप दिनेछन् ।

निफमा हलिउड निर्माताको डिजिटल स्ट्रिमिङ वर्कसपमा हलिउडसँगै नेपालका फिल्ममेकरले पनि आफ्नो अनुभव सेयर गर्नेछन् ।

ल्यारी कोफले हलिउडमा ट्रु लाइज, टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट जस्ता फिल्म निर्माण गरेका छन् भने लेखकसमेत रहेका ज्याक स्टेन्जले एक्स मेन: फस्ट क्लास, थोर, कोडी ब्यांक्स आदि फिल्म निर्माण गरेका छन् । अर्का मेकर जोयलोन होफसँग नेटफ्ल्क्सि, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभका रुपमा काम गरेको अनुभव छ ।

‘फिल्ममेकिङ इन एन एज अफ स्ट्रिमिङ’ शीर्षकमा तीनै जनाले स्ट्रिमिङ साइटका बारेमा जानकारी दिनेछन् । ‘स्ट्रिमिङ साइटलाई केन्द्रमा राखेर तीनैजनाले विश्वको अनुभव नेपाली फिल्ममेकरलाई बाँड्नेछन्,’ पाठकले भने ।

वर्कसपमा ज्याक स्टेन्जले पटकथा लेखनको छोटो कक्षासमेत दिइने आयोजकले जनाएको छ । साथै एक सेसनमा निश्चल बस्नेत, नकिम उद्दिन र नम्रता श्रेष्ठ स्थानीय फिल्म विश्वबजारमा पुग्न खेपिरहेका चुनौतीका बारेमा हलिउडका फिल्ममेकरसँग बहसमा सहभागी हुने जनाइएको छ ।

हलिउड फिल्ममेकरको सेसन भने राष्ट्रिय सभागृहमा नभइ लाजिम्पाटको र्‍याडिसन होटलमा हुनेछ । वर्कसपमा सहभागी हुन चाहाने फिल्मकर्मीले पहिले नै नाम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ११ : ३४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी