कमेडी च्याम्पियन ‘हिट’ भएपछि ‘च्याम्पियनका चटके’ ल्याउँदै टिम « Khabarhub

कमेडी च्याम्पियन ‘हिट’ भएपछि ‘च्याम्पियनका चटके’ ल्याउँदै टिम


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय चर्चामा रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले चर्चा कमाएपछि उक्त टिमले अर्को वर्ष यसको दोस्रो सिजन प्रसारण गर्ने तयारी थालेको छ ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीका अनुसार अब छिट्टै नै ‘च्याम्पियनका चटके’ नामक रियालिटी शो पनि प्रसारण हुनेछ ।

‘हामी दर्शकलाई हँसाउने सिलसिला नरोकियोस् भनेर दुई सिजनका बीचमा च्याम्पियनका चटकेमार्फत यहाँहरुमाझ आउने भएका छौं,’ विशाल भण्डारीले भनेका छन् ।

यतिबेला प्रसारण भइरहेको कमेडी च्याम्पियनलाई दर्शकले रुचाएका छन् । टेलिभिजन र युट्युबमार्फत प्रसारण भइरहेको यो रियालिटी शोले कमेडियनलाई मञ्च दिएर प्रतिस्पर्धा गराइरहेको छ ।

युट्युबमा कमेडी च्याम्पियनका हरेक एपिसोड ट्रेन्डिङमा परेका छन् ।

यो रियालिटी शोमा रीमा विश्वकर्मा होस्ट छिन् भने प्रदीप भट्टराई, ऋचा शर्मा, मनोज गजुरेल र सन्तोष पन्त निर्णायक छन् ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ११ : ५२ बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,