नेकपाको केन्द्रीय कमिटी बैठकबारे थाहा पाउनुस् ११ तथ्य « Khabarhub

नेकपाको केन्द्रीय कमिटी बैठकबारे थाहा पाउनुस् ११ तथ्य


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बुधवार(आज) बाट शुरु भएको बैठकको उद्घाटन भइसकेको छ ।

उद्घाटन सत्रलाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले साढे २ घन्टा भन्दा लामो सम्बोधन गरेका छन् ।
त्यसक्रममा उनले सरकारका कामका उलपव्धीको लामो फेहरिस्त प्रस्तुत गरे ।

नेकपामा विवाद देखिएको एमसीसी, गोकर्ण रिसोर्टको सम्झौता लगायतका विषयमा पनि ओलीले पार्टीका केन्द्रीय सदस्य तथा नेताहरुलाई जानकारी गराए ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेश गर्नेछन् ।

– आज (बुधबार) देखि सुरु भएको वैठक २० गतेसम्म चल्नेछ ।

– तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछिको दोस्रो बैठक हो ।

– अन्तरिम विधानअनुसार नेकपाले ६/६ महिनामा केन्द्रीय समितिको बैठक राख्नुपर्छ ।

– पाँच दिनको लागि नेकपाले राष्ट्रिय सभागृह बुक गरेको छ ।

– बैठकको सबै पक्ष अडियो र भिडियो रेकर्ड गरिने छ ।

– पाँच दिनसम्म बैठक चल्दा भाडामा मात्र ८ लाख १० हजार खर्च हुने छ ।

– नेकपामा ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी छ ।

– अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठनिक एंव विधान संशोधनको प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

– विचार राख्न १० मिनेटको समय छुट्टाइएको छ ।

– खान बस्नको प्रवन्ध आफै गर्नुपर्नेछ । बैठक अवधिभर चिया, कफी र नास्ता पार्टीले खुवाउने छ ।

– समयतालिकास् १६ गते समूहगत छलफल, १७ र १८ गते लिखित प्रतिवेदन प्रस्तुत, १९ गते निष्कर्षसहित प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने, १९ गते प्रस्ताव छलफल गरेर पारित गर्ने कार्यविधि तय गरिएको छ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  २ : २६ बजे

मानवअधिकार आयोगको प्रतिवेदन लत्याउँदै सुधनलाई फेरि गृहमन्त्रालयको चाबी

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनबारे

प्रतिनिधिसभामा आज पनि विपक्षीको विरोध जारी

काठमाडौं–  प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठक सुरु हुनेवित्तिकै विपक्षी

सरकारले सुशासनका राम्रा अभ्यास गरेको छ : यादव

नेपालगन्ज– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बिचौलियाको अन्त्य गर्न

सुधन र महावीर मन्त्री बन्दै, राष्ट्रपति कार्यालयमा पुग्यो पत्र 

काठमाडौं– गृहमन्त्रीमा सुधन गुरुङ फर्किने पक्का भएको छ । यस्तै

महाधिवेशनपछि पार्टी सभापति रवि र वरिष्ठ नेता वालेन्द्र नै हो : समीक्षा बास्कोटा

काठमाडौं– मङ्सिर १४ गते विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग