नेपालमा थप १ जना कोरोना भाइरसबाट संक्रमित भएको आशंका « Khabarhub

नेपालमा थप १ जना कोरोना भाइरसबाट संक्रमित भएको आशंका


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको आशंकामा मंगलबार टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा थप १ जना बिरामी भर्ना भएका छन् ।

चीनको वुहान शहरमा अध्ययन् गरी फर्किएका २५ बर्षीया नेपाली छात्रा भर्ना भएको अस्पतालका निर्देशक डा बासुदेव पाण्डेले बताए ।

कोरोनाको आशंकामा अस्पताल भर्ना भएकी छात्रा केही दिन अघि नै नेपाल फर्किएकी थिइन् ।

‘ज्वरो आउने र अरु केही लक्षण देखिएपछि बुधबार विहान टेकु अस्पतालको आकस्मिक कक्षमा आउनु भएको थियो । हामीले अहिले उहाँलाई भर्ना गरी आइसोलेशन वार्डमा सारेका छौँ,’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झाले आइसोलेशन वार्डमा २–३ दिन अघिदेखि अस्पतालमा रहेकी चिनियाँ प्राध्यापकको रिपोर्ट समेत नेगेटिभ आएको बताइन । रिपोर्ट नेटेटिभ आएपछि अस्पतालले बेलुकासम्म उनलाई डिस्चार्ज गर्ने तयारी गरेको छ ।

टेकु अस्पतालको आइसोलेशन वार्डमा अहिलेसम्म ६ जना विरामी भर्ना भएकामा चार जना डिस्चार्ज भईसकेका छन् । आज बेलुका सम्म थप एक जनाको पनि डिस्चार्ज गर्ने अस्पतालको तयारी रहेको बताइएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  २ : ३४ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग