चीनबाट विदेशीको उद्धार सुरु, कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै « Khabarhub

चीनबाट विदेशीको उद्धार सुरु, कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या लगातार उकालो लागेर करिब ६ हजार पुग्दै गर्दा विभिन्न देशहरूले आफ्ना नागरिकहरूको उद्धार सुरु गरेका छन् ।

नयाँ भाइरस सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेको अधिकारीहरूले पुष्टि गरेका छन् । त्यो सङ्ख्या १७ वर्षअघि फैलिएको अर्को कोरोनाभाइरस सङ्क्रमण सार्सको भन्दा बढी हो ।

अहिलेसम्म यसका कारण १३२ जनाको ज्यान गइसकेको छ। चिनियाँ चिकित्सा अधिकारीहरूले सङ्क्रमितहरूको सङख्या अर्को सातासम्म बढ्ने क्रममा नै रहनसक्ने बताएका बीबीसीले उल्लेख गरेको छ ।

यसैबीच जापान र अमेरिकाले चीनमा रहेका आफ्ना नगरिकहरुको उद्धार गरेका छन् ।

जापानले उद्धार गरेका जापानीहरूले वुहानबाट टोक्यो पुग्दा आफूहरूले ठूलो राहत पाएको अनुभव साटेका छन् । भाडामा लिइएको एक विशेष विमानमा उनीहरूलाई उडाइएपछि विमान भित्रै उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

अमेरिकाले भाडामा लिएको विमान अलास्का पुगेको बताइएको छ । अस्ट्रेलिया, न्यूजील्यान्ड र युरोपेली सङ्घ ईयूले पनि आफ्ना नागरिक वुहानबाट बाहिर लैजाने योजना बनाएको छ ।

अस्ट्रेलियाले आफ्ना नागरिकहरूलाई क्रिसमस टापु पुर्‍याएर उनीहरूको स्वास्थ्य जाँच गरेपछि मात्र घर फर्कन दिने योजना बनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ३ : १० बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक