सुदूरपश्चिम प्रदेशसभाः व्यवसाय दर्ता गर्ने सम्बन्धी विधेयकमाथि छलफल « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाः व्यवसाय दर्ता गर्ने सम्बन्धी विधेयकमाथि छलफल


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठकमा निजी व्यवसाय दर्ता गर्ने र साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल भएको छ ।

छलफलमा भाग लिने सदस्यले सरोकारवाला एवं विज्ञसँग थप छलफल गरेर प्रस्तुत विधेयकका कतिपय बुँदा परिमार्जन गर्न जरुरी देखिएको बताए । उनीहरुलेले कुनै पनि व्यवसाय गर्न चाहनेको व्यवसाय दर्ताको काम निःशुल्क र सहज ढङ्गको बनाई दर्ता गर्ने बाटो सहज बनाइदिने खालका ऐन कानून बनाउनुपर्ने बताए ।

कतिपय सदस्यले कार्यान्वयनमा जान नसक्ने खालका विधेयक ल्याउन नहुने बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीका तर्फबाट छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले विधेयकमा भएका कमीकमजोरीलाई परिस्कृत गर्न सकिने बताए ।

यसअघि उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीको तर्फबाट सामाजिक विकासमन्त्री सुवेदीले निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल गरियोस् भनी छुट्टाछुट्टै रुपमा पेश गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

विधेयकमाथि भएको छलफलमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बलदेव रेग्मी, अमरबहादुर साउद, महेशदत्त जोशी र शान्ति नेपाली र प्रतिपक्षी नेपाली काँग्रेसका अम्बीकुमारी थापा, कुमारीनन्दा बम र टेकबहादुर रैकाले भाग लिएका थिए । अर्को बैठक यही माघ १७ गते दिउँसो १ बजे बस्ने छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ४ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै