सुदूरपश्चिम प्रदेशसभाः व्यवसाय दर्ता गर्ने सम्बन्धी विधेयकमाथि छलफल « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाः व्यवसाय दर्ता गर्ने सम्बन्धी विधेयकमाथि छलफल


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठकमा निजी व्यवसाय दर्ता गर्ने र साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल भएको छ ।

छलफलमा भाग लिने सदस्यले सरोकारवाला एवं विज्ञसँग थप छलफल गरेर प्रस्तुत विधेयकका कतिपय बुँदा परिमार्जन गर्न जरुरी देखिएको बताए । उनीहरुलेले कुनै पनि व्यवसाय गर्न चाहनेको व्यवसाय दर्ताको काम निःशुल्क र सहज ढङ्गको बनाई दर्ता गर्ने बाटो सहज बनाइदिने खालका ऐन कानून बनाउनुपर्ने बताए ।

कतिपय सदस्यले कार्यान्वयनमा जान नसक्ने खालका विधेयक ल्याउन नहुने बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीका तर्फबाट छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले विधेयकमा भएका कमीकमजोरीलाई परिस्कृत गर्न सकिने बताए ।

यसअघि उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीको तर्फबाट सामाजिक विकासमन्त्री सुवेदीले निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल गरियोस् भनी छुट्टाछुट्टै रुपमा पेश गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

विधेयकमाथि भएको छलफलमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बलदेव रेग्मी, अमरबहादुर साउद, महेशदत्त जोशी र शान्ति नेपाली र प्रतिपक्षी नेपाली काँग्रेसका अम्बीकुमारी थापा, कुमारीनन्दा बम र टेकबहादुर रैकाले भाग लिएका थिए । अर्को बैठक यही माघ १७ गते दिउँसो १ बजे बस्ने छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ४ : ०२ बजे

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल

आईपीएल : हैदराबादविरुद्ध चेन्नईको मध्यम सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास