रोहितको ‘ब्राउन्ड्री’मा न्यूजिल्यान्डमाथि भारतको रोमाञ्चक जीत « Khabarhub

रोहितको ‘ब्राउन्ड्री’मा न्यूजिल्यान्डमाथि भारतको रोमाञ्चक जीत


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले न्यूजिल्यान्डसँगको तेस्रो टि–२० खेलमा सुपर ओभरमा जीत हात पारेको छ ।

१८ रनको लक्ष्य पछ्याएको भारतका लाथि रोहित शर्मा अन्तिम बलमा छक्का प्रहार गर्दै टोलीलाई रोमाञ्चक जीत दिलाएका हुन् । यससँगै भारतले न्यूजिल्याण्डसँगको टी २० सिरिज ३–०ले जितेको छ ।

भारत भ्रमणमा रहेको न्यूजिल्यान्डले सुपर ओभरमा पहिलो ब्याटिङ गर्दै १७ रन बनाएको थियो । न्यूजिल्यान्डका लागि केन विलियमसनले ११ रन बनाएका थिए भने मार्टिन गप्टीलले ५ रन बनाए । भारतले बलिङका लागि आईसिसीको शीर्ष बरियताका तिब्रगतिका बलर जस्प्रीत बुम्राहलाई पठाएको थियो ।

लगत्तै सुपर ओभरमा भारतका लागि केएल राहुल र रोहित शर्मा ब्याटिङका लागि आउँदा न्यूजिल्यान्डले बलिङमा टिम साउथीलाई पठाएको थियो ।

१८ रनको लक्ष्य पछ्याएको भारतले अन्तिम बलमा लक्ष्य पुरा गर्दै तेस्रो टि–२० जितेको हो । घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८० रनको लक्ष्य न्यूजिल्यान्डसामू प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २० ओभर पुरा खेल्दै ६ विकेट गुमाएर १सय७९ रन बनाएपछि खेल बराबरी भएको थियो ।

यसअघि भारतले दिएको १सय८० रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डका लागि केन विलियमसनले ९५ रनको योगदान दिएका थिए । उनले ४८ बलमा ८ चौका र ६ छक्का प्रहरा गरेका थिए ।

यस्तै, टीम गप्टीलले ३१, रोस टेलर १७ र कोलिन मुन्रोले १४ रन बनाएका थिए । न्यूजिल्यान्डविरुद्ध भारतका सार्दुल ठाकर र मोहम्मद शामीले समान २–२ विकेट लिएका थिए भने युज्भेन्द्र चहाल र रविन्द्र जडेजाले १–१ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको भारतका लागि रोहित शर्माले ६५ रनको योगदान गरेका थिए । उनले ४० बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए ।

यस्तै, कप्तान विराट कोहलीले ३८ रन बनाउँदा केएल राहुलले २७, श्रेयस एयरले १७ रन बनाएका थिए । भारतविरुद्ध पहिलो ब्याटिङ गरेको न्यूजिल्यान्डका लागि हामेस बेनट्टीले ३ विकेट लिएका थिए भने मिचेल सेन्टनर र कोलिन डि ग्रान्डमले समान १–१ विकेट लिएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ४ : ५६ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स