हिमपातले सुदूरपश्चिमका हिमाली जिल्लाको जनजीवन प्रभावित « Khabarhub

हिमपातले सुदूरपश्चिमका हिमाली जिल्लाको जनजीवन प्रभावित


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी-   सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा भएको भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै आज बिहान कम्तीमा दुईफिट हिउँ परेको त्यहाँ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जानकारी दिएको हो ।

यही माघ २ गते परेको हिउँ पग्लिन नपाउँदै फेरि बुधबार हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो ।

बझाङ, बाजुरा तथा अछाम जिल्लाका उच्च लेकाली क्षेत्रमा मङ्गलबार रातिदेखि फेरि हिमपात शुरु भएको थियो । हिमपात भएसँगै बढेको चिसोले जनजीवन पनि प्रभावित भएको हो ।

डोटीको खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तडसँग सिमाना जोडिएको पूर्वीचौकी पालिकाका स्थानीय धनबहादुर विष्टले बताए ।

उनले भने, “पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएको छ, निकै समस्या भएकाले वस्तुभाउ गोठ बाहिर निकाल्न समस्या भएको छ ।”

हिमपताले हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै खुशी भएका यहाँका लेकाली क्षेत्रका स्थानीय भने अहिले पाँचौँपटक हिउँ पर्दा पानीले गहुँलगायतका बाली कुहिने तथा बिग्रिने भन्दै दुखी भएका छन् ।

हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्यटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य सङ्घका महासचिब दीपकबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ७ : ५६ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि