विश्वकै धनी व्यक्तिले किने पहिलो पटक स्मार्ट मोवाइल « Khabarhub

विश्वकै धनी व्यक्तिले किने पहिलो पटक स्मार्ट मोवाइल


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकै धनी मध्येमा पर्ने वारेन बफेटले पहिलो पटक स्मार्ट फोन किनेका छन् ।

एप्पलमा पनि कम्पनीमा समेत धेरै सेयर हालेका बफेटले मोबाइल भने पहिलो पटक किनेका हुन् ।

धेरै कम्पनीका शेयरहरुमा लगानी गरेका र स्टक बजारका बादशाह रहेका वारेन बफेट विश्वका चौथो धनि व्यक्तिका रुपमा गनिन्छन्।

यस्ता धनी बफेट हालसम्म पनि बेसिक फ्लिप फोनको प्रयोग गर्ने गर्दथे । वर्षैदेखि बेसिक फ्लिप फोन प्रयोग गर्दै आईरहेका बफेटले हालैमा भने नयाँ स्मार्टफोन किनेका छन् ।

उनले हालसम्म सामसङको फ्लिप फोनको प्रयोग गर्ने गर्दथे । बफेटले हालै एप्पलको आइफोन ११ किनेका हुन् ।

सीएनबीसीलाई दिएको एक इन्टरभ्युमा उनले यो कुराको पुष्टि गरेका हुन् । उनले सामसङको एससीएच–यू२३० फ्लिप फोन पुर्ण रुपमा बिग्रिएको तरपनि आफुले अरु मानिसहरुले जसरी आईफोन ११ को प्रयोग नगर्ने बताएका थिए ।

उनले आफुले आईफोनलाई पनि एक सामान्य फोनको रुपमा प्रयोग गर्ने जनाएका छन । अर्को शब्दमा भन्नुपर्दा उनले आईफोनलाई स्मार्टफोनको रुपमा नभई मात्रै फोनको रुपमा प्रयोग गर्ने गर्दछन ।

यद्पी बफेटले पहिले एप्पलको आईप्याड स्टक मुल्यका लागि प्रयोग गरिसकेको बताएका छन्। तरपनि उनि कुनैपनि स्मार्टफोन भन्दा फ्लिप फोन यूज गर्न मन पराउने गर्दथे ।

बफेटले पहिले प्रयोग गर्ने गरेको स्मार्टफोनको मुल्य मात्रै २० डलर रहेको थियो । तर उनले हाल प्रयोगमा ल्याएको आईफोन ११ को मुल्य भने ७ सय डलरको रहेको बुझिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ३० बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन