विश्वकै धनी व्यक्तिले किने पहिलो पटक स्मार्ट मोवाइल | Khabarhub Khabarhub

विश्वकै धनी व्यक्तिले किने पहिलो पटक स्मार्ट मोवाइल


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकै धनी मध्येमा पर्ने वारेन बफेटले पहिलो पटक स्मार्ट फोन किनेका छन् ।

एप्पलमा पनि कम्पनीमा समेत धेरै सेयर हालेका बफेटले मोबाइल भने पहिलो पटक किनेका हुन् ।

धेरै कम्पनीका शेयरहरुमा लगानी गरेका र स्टक बजारका बादशाह रहेका वारेन बफेट विश्वका चौथो धनि व्यक्तिका रुपमा गनिन्छन्।

यस्ता धनी बफेट हालसम्म पनि बेसिक फ्लिप फोनको प्रयोग गर्ने गर्दथे । वर्षैदेखि बेसिक फ्लिप फोन प्रयोग गर्दै आईरहेका बफेटले हालैमा भने नयाँ स्मार्टफोन किनेका छन् ।

उनले हालसम्म सामसङको फ्लिप फोनको प्रयोग गर्ने गर्दथे । बफेटले हालै एप्पलको आइफोन ११ किनेका हुन् ।

सीएनबीसीलाई दिएको एक इन्टरभ्युमा उनले यो कुराको पुष्टि गरेका हुन् । उनले सामसङको एससीएच–यू२३० फ्लिप फोन पुर्ण रुपमा बिग्रिएको तरपनि आफुले अरु मानिसहरुले जसरी आईफोन ११ को प्रयोग नगर्ने बताएका थिए ।

उनले आफुले आईफोनलाई पनि एक सामान्य फोनको रुपमा प्रयोग गर्ने जनाएका छन । अर्को शब्दमा भन्नुपर्दा उनले आईफोनलाई स्मार्टफोनको रुपमा नभई मात्रै फोनको रुपमा प्रयोग गर्ने गर्दछन ।

यद्पी बफेटले पहिले एप्पलको आईप्याड स्टक मुल्यका लागि प्रयोग गरिसकेको बताएका छन्। तरपनि उनि कुनैपनि स्मार्टफोन भन्दा फ्लिप फोन यूज गर्न मन पराउने गर्दथे ।

बफेटले पहिले प्रयोग गर्ने गरेको स्मार्टफोनको मुल्य मात्रै २० डलर रहेको थियो । तर उनले हाल प्रयोगमा ल्याएको आईफोन ११ को मुल्य भने ७ सय डलरको रहेको बुझिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ३० बजे

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा