लिप इएर : कसरी २९ तारिखको भयो फेब्रुअरी « Khabarhub

लिप इएर : कसरी २९ तारिखको भयो फेब्रुअरी


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्वी संवत्का अरु महिनाभन्दा फेब्रुअरी बिल्कुल फरक छ ।

बाँकी सबै महिनाहरु ३० वा ३१ दिनसम्मको हुने भएपनि फेब्रुअरी चाहीँ प्रायः २८ दिनको मात्र हुन्छ । तर हरेक ४ वर्षमा एक दिन थपिएर फेब्रुअरी २९ दिनको महिना बन्न पुग्छ ।

यो वर्ष पनि त्यस्तै संयोग परेको छ । यो वर्ष फेब्रुअरी महिना २९ दिनको छ ।

इस्वी संवतमा जनवरी, मार्च, मे, जुलाई, अगष्ट, अक्टोबर र डिसेम्बर गरी ७ महिनाहरु ३१ दिनका हुन्छन् ।

४ महिनाहरु भने ३० दिनका हुन्छन् । फेब्रुअरी महिना २८ औं दिनपछि सकिन्छ । यसरी एक वर्षमा ६६५ दिन पूरा हुन्छ ।

तर, एक वर्ष ३६५ दिन ६ घण्टाको हुन्छ । सामान्यतः ३६५ दिनलाई आधार बनाएर इस्वी संवत् प्रचलनमा आएपनि बाँकी रहेको ६ घण्टाको हिसाब गर्न अफ्ठ्यारो पर्छ ।

४ वर्षमा ६–६ घण्टाको हिसाब गर्दा ठीक २४ घण्टा अर्थात् एक दिन हुन आउँछ । सोही अनुसार ४ ले भाग जाने हरेक वर्षको फेब्रुअरी महिनामा यही एक दिन थपेर यो हिसाब मिलान गरिन्छ ।

सन् २०२० पनि ४ ले भाग जाने महिना भएकाले यो वर्ष पनि लिप इयर पर्न गएको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ९ : ५० बजे

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा