नेकपा फुट्ने हल्ला निराधार–नेता रावल | Khabarhub Khabarhub

नेकपा फुट्ने हल्ला निराधार–नेता रावल


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन् ।

धनगढीमा शनिवार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वभाविक भएकाले त्यसले पार्टी फुट्छ भन्नु निराधार भएको बताए । उनले कार्यकर्ताले निराश हुनुभन्दा ठिक बेठिक छुट्याएर अघि बढ्नुपर्ने उल्लेख गर्दै विधान र पद्धतीअनुसार चल्नुपर्नेमा जोड दिए ।

एक अर्को प्रशङ्गमा नेता रावलले एमसिसीमा जनताको चासो बढेकामा खुशी व्यक्त गरे । उनले एमसिसीबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले कार्यदल गठन गरेका आधिकारीक धारणा केही दिनभित्रै आउने बताए । उनले राष्ट्रियसभा सदस्यबारे पार्टीको बैठकले गरेको निर्णय सबैले मान्नुपर्ने बताए । केन्द्रीय कमिटिको बैठकले गरेका निर्णय सबैले मान्नुपर्ने पार्टीको विधानमा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ३ : ०३ बजे

लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख 

काठमाडौं– संघीय संसद्का प्रमुख राजनीतिक दलहरू नेपाली भूमि लिपुलेकलाई भारत

एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो