इन्टर्नेट सुरक्षामा अमेरिका अन्तर्राष्ट्रिय समाजद्वारा मान्यताप्राप्त ‘डाकु’ रहेको चिनियाँ रक्षा मन्त्रालयको भनाइ « Khabarhub

इन्टर्नेट सुरक्षामा अमेरिका अन्तर्राष्ट्रिय समाजद्वारा मान्यताप्राप्त ‘डाकु’ रहेको चिनियाँ रक्षा मन्त्रालयको भनाइ


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनको रक्षा मन्त्रालयले फेब्रुअरी २८ तारिख अमेरिकी न्याय विभागले चीनका चार जना मुक्ति सेनालाई मुद्दा लगाएको कुराबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै चीनको अडानको ब्याख्या गरेको छ।

प्रतिरक्षा मन्त्रालयका प्रवक्ता ऊ छेनले इन्टर्नेट सुरक्षा समस्यामा अमेरिका अन्तर्राष्ट्रिय समाजद्वारा मान्यताप्राप्त ‘डाकु’ हो भन्ने कुरामा जोड दिएका छन् ।

प्रवक्ता ऊकाअनुसार, चिनियाँ सेनाले यसबारे अमेरिकासँग गम्भीरताका साथ कुराकानी गरिसकेको छ।

इन्टर्नेट सुरक्षा समस्यामा चीनको अडान स्पष्ट भएको छ। चीन अन्तर्राष्ट्रिय इन्टर्नेट सुरक्षाको संरक्षणमा दृढ पक्ष हो।

चीन सरकारले इन्टर्नेटमार्फत कानुनको उल्लंघन गर्ने सबै तरिकाको अपराधी कारवाहीको विरोध र कानुनबमोजिम कारवाही गरिरहेको छ।

चिनियाँ सेना इन्टर्नेटमार्फत जासुसी गर्ने लगायतका कुनै पनि गतिविधिमा संलग्न भएको छैन।

चीनले अमेरिकासँग गल्ती सच्याउन र तथाकथित मुद्दा रद्द गर्न आग्रह पनि गरेको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ४७ बजे

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,