लुटको स्वर्ग जारी रहँदैन भनेर राजनीतिक स्थायित्व नचाहनेहरु छन् : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

लुटको स्वर्ग जारी रहँदैन भनेर राजनीतिक स्थायित्व नचाहनेहरु छन् : उपप्रधानमन्त्री पोखरेल


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपाका सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीय प्रणालीमा सबै विषयमा पार्टीको निर्देशन मान्ने कुरा सम्भव नहुने उल्लेख गरेका छन् ।

प्रेस सङ्गठन प्रदेश नं १ ले शनिवार आयोजना गरेको प्रदेश भेला तथा शपथग्रहण कार्यक्रममा उपप्रधान मन्त्री पोखरेलले पार्टीको निर्देशन मान्ने भनेको पार्टीका नीतिहरु मान्ने र पार्टीको घोषणापत्रलाई कार्यान्वयन गर्ने भएको बताए ।

‘सरकारमा गएका प्रधानमन्त्री र मन्त्रीहरुलाई एउटा-एउटा कुराको खोजीनीति गरेर सरकार चल्दैन । पार्टीलाई मान्नु भनेको त्यो चिज होइन । पार्टीलाई मान्नु भनेको के हो भने पार्टीका घोषित नीतिलाई पालन गर्नु हो । घोषणापत्रलाई कार्यान्वयन गर्नु । पार्टीले अगाडि सारेका कार्यक्रमिक कुराहरुलाई सघाउनु । त्यसलाई लागू गर्नु । सरकारको काम त्यो हो’ उनले भने, तर, एउटा-एउटा कुरामा यो भयो कि त्यो भएन भनेर सरकारको कुरा गर्न थाल्यौं भने हामी चैं एकदम अप्ठ्यारोमा पर्छौं ।’

उनले देशमा राजनीतिक स्थायित्व नचाहनेहरु भएको आरोप लगाए ।

‘लामै समयसम्म खेलोमेलो गरेर लुट्नसम्म लुट्नेहरु छन् यहाँभित्र । ठुल्ठूला बिग हाउस बनाएर बसेकाहरु छन् । व्यवसायिक घरानाहरु छन् । उनीहरुले अनेक धन्दा चलाए यसवीचमा’ उनले भने,’ राजनीतिक पार्टीका नेताहरुको छाता ओढेर कतिपयले त्यस्तो काम गरेका छन् । हो, ती मान्छेहरु अहिले सलमलाउँदैछन् । उनीहरु कराउन खोज्दैछन् । छटपटिँदैछन् । यो चिज बुझ्नुपर्ने जरुरत छ । यदि सरकार टिकिरह्यो भने, सरकार कायम रहिरह्यो भने राजनीतिक स्थायित्व भयो भने त्यो लुटको स्वर्ग जारी रहँदैन, टिक्दैन भन्ने उनीहरुलाई परेको छ ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ८ : ४२ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन