कोरोना भाइरस संकटमा नेपाल पनि लकडाउन घोषित छ । काठमाडौंमा नै पूर्ण प्रभावकारी हुन नसकेको यो व्यवस्था मोफसलमा झन् नियन्त्रणमा राख्न सहज छैन । जनताले परिस्थितिलाई आत्मसात गर्न सकेको देखिन्न । विश्वव्यापी महामारीको रूपमा आएको यस संकटबाट पार पाउन सिंगो राष्ट्र एकजुट हुनुपर्छ ।
कोरोना भाइरसको महामारी चीनको वुहानबाट प्रारम्भ भएर आज विश्वभरि फैलिएको तथ्यबारे सबै अवगत नै छन् । यो संकट समाधानका लागि विभिन्न राष्ट्रका सरकारहरूले आआफ्ना तरिकाबाट प्रयास जारी राखेका छन् । यसै क्रममा नेपाल सरकारले हिँडडुल बन्दाबन्दी अर्थात लकडाउन सुरु गरेको एक साता हुनै लागेको छ ।
जाककन होपकिन्स युनिभर्सिटीले कोरोना भाइरसबारे अध्ययन विश्लेषण गर्दै रोकथामका उपायहरू सुझाएको छ । यो भाइरस कुनै जीवित जीव नभई बोसोको पातलो सुरक्षा आवरणले घेरिएको एउटा प्रोटिन परमाणु (आरएनए) हो । अध्ययन अनुसार कोरोना जीव नभएकोले यसको मृत्यु सम्भव छैन तर परिस्थितिको निर्माण गरी यसलाई नष्ट गर्न सकिन्छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट चार जना संक्रमित भएको जानकारी आएको छ । जसमध्ये एकजना उपचार गराएर घर फर्केका छन् भने तीन जना उपचारको क्रममा छन् । नेपालमा प्रारम्भिक चरणमा रहेको यो संक्रमणको अवस्थालाई काबुबाहिरको परिस्थिति भन्न मिल्दैन तर उच्च सतर्कता अपनाउनु नै बुद्धिमानी हुन्छ ।
सरकारको लागि पनि यस प्रकारको महामारी पहिलो अनुभव रहेकोले तत्काल कुनै आरोप लगाउनु उचित हुँदैन । विश्वभरि फैलिँदै गएको यो संक्रमणबारे अन्य मुलुकमा अपनाइएका विधिहरूलाई उदाहरणको रूपमा लिँदै जानु आवश्यक छ । यो भाइरस कुनै जीवित प्राणी नभएकोले यसको मृत्यु सम्भव हुँदैन तर सामाजिक दूरीको माध्यमबाट यसलाई नष्ट पार्न सकिने बलियो सम्भावना छ ।
जनतामाथि नियन्त्रणको मात्रा अनुसार सरकारको दायित्व पनि थपिँदै जान्छ भन्ने ख्याल राख्न आवश्यक छ । सामाजिकरूपमा लकडाउन नै घातक नहोस् भन्नेतर्फ सरकारले बेलैमा ध्यान दिनु पर्छ । तत्कालका लागि जनताले सरकारको बाध्यता स्वीकार गरेका छन् र सहयोगी पनि बनेका छन् । अब दैनिक जीवनलाई प्रभाव पारिरहेको वर्तमान अवस्थालाई सम्बोधन गर्ने पालो सरकारको हो ।
चीन, सिंगापुर र रुसमा कोरोना भाइरसको पुनर्संक्रमण देखिएकोले परिस्थितिको गम्भीरता बुझ्नु पर्ने हुन्छ । सम्भवतः यही कारणले भारतमा तीन साताका लागि देशभरि लकडाउन जारी गरिएको छ । युरोप र अमेरिकामा समय रहँदै सतर्कता नअपनाइएको कारणले स्थिति भयावह बनेको छ । यसबाट हामीले सिक्नु पर्छ ।
नेपालमा पनि यसको गम्भीरता बुझेर अझ कठोर निर्णय गर्न विभिन्न कोणबाट आवाज उठ्न थालेको छ । कतिपय अराजक स्वभावका व्यक्तिहरूको गैरजिम्मेवार गतिविधिका कारण सरकारद्वारा घोषित लकडाउन पूर्णतः प्रभावकारी हुन सकेको छैन । यस्तो परिस्थितिमा कडा प्रतिबन्ध लगाउनु पर्ने हुन सक्छ । सरकारले यसबारे पनि विचार गर्नु उचित हुनेछ ।
कोरोना भाइरस संकटमा चिनियाँ सरकारले प्रशासनमार्फत कठोर निर्णयहरू लागु गरेको थियो । अझै पनि कडिकडाउ छ । भारतमा केन्द्र सरकारले राज्य सरकारहरूलाई स्थानीय प्रशासनमार्फत परिस्थिति नियन्त्रणका लागि बाटो खुला गरेको छ ।
भारतले आम जनताको दैनिक जीवनमा असर पर्न नदिने प्रयास स्वरूप न्यून आयआर्जन गर्नेहरूको बैंक खातामा पैसा पठाउनेदेखि घर घरमा खाद्य सामग्री आपूर्ति गर्नेसम्मको व्यवस्था गर्न थालेको छ ।
लामो समय घरभित्रै बस्नु पर्ने बाध्यात्मक अवस्थालाई ध्यानमा राखेर जनताको मनोरञ्जनका लागि बहुचर्चित टिभी धारावाहिक ‘रामायण’ को पुनः प्रसारण हुने व्यवस्था गरेको छ । एक जना केन्द्रीय मन्त्रीले आफ्नो ट्वीटरमार्फत गीतहरू शेयर गर्न आह्वान गरेका थिए ।
यसरी जनताको भावना बुझेर परिस्थितिको बाध्यात्मक अवस्थामा ध्यान दिन सहज हुने वातावरण बनाउन सामूहिक प्रयासहरू गरिँदै छन् । यी सबै प्रयासहरू वास्तवमा जनतालाई नकारात्मक असरबाट जोगाउन भएका हुन् । यसमा जनताको साथ आवश्यक छ ।
कोरोना भाइरसको नियन्त्रणमा लाग्ने समयको अनिश्चिततालाई ध्यानमा राखेर भारतमा थप सतर्कता अपनाउने काम पनि अघि बढाइएको छ । प्रादेशिक सरकारहरूले यसका लागि विभिन्न विकल्पमा काम गरिरहेका छन् । छत्तीसगढ प्रदेश सरकारले राज्यमा रहेका सबै निजी मेडिकल कलेज, नर्सिङ होम र चिकित्सालयहरू नियन्त्रणमा लिएको छ । उडिसा सरकारले एकहजार शैय्या को डेडिकेटेड अस्पताल निर्माण अन्तिम चरणमा पु¥याएको छ ।
नेपाल एउटा कम विकसित राष्ट्र भएकोले चिकित्सकीय तरिकाले मात्र कोरोना भाइरसको नियन्त्रण सहज छैन । युरोप र अमेरिकाजस्ता सुविधा सम्पन्न राष्ट्रहरूलाई परिस्थिति नियन्त्रण गर्न कठिन भइरहेको बेला नेपालको लागि जटिलता अनौठो मान्नु पर्दैन ।
दिल्ली, महाराष्ट्र, गुजरात र राजस्थान लगायतका राज्य सरकारहरूले दैनिक ज्यालादारी गर्ने मजदुर र आकस्मिकरूपमा गरिएको लकडाउनबाट पिडितहरूलाई राहत दन ‘रैन बसेरा’ मार्फत भोजन र आश्रय दिने व्यवस्था गरेको छ ।
कोरोनाको त्रास विश्वभरि फैलिएको छ । नेपालमा यसको प्रभाव पर्नु अनौठो होइन । कोरोना भाइरस हवाई जहाज चढेर आउने र सडक मार्गबाट देशभरि फैलिने सम्भावना रहेकोले एउटामात्र अन्तर्राष्ट्रिय हवाई अड्डा हुनु वर्तमान संकटमा वरदानजस्तै भएको छ । यो संक्रमणको प्रमुख स्रोत विदेशबाट आउने नेपाली भएकोले सो को निगरानी र नियन्त्रण दुरुह छैन ।
नेपाल एउटा कम विकसित राष्ट्र भएकोले चिकित्सकीय तरिकाले मात्र कोरोना भाइरसको नियन्त्रण सहज छैन । युरोप र अमेरिकाजस्ता सुविधा सम्पन्न राष्ट्रहरूलाई परिस्थिति नियन्त्रण गर्न कठिन भइरहेको बेला नेपालको लागि जटिलता अनौठो मान्नु पर्दैन ।
जनतामाथि नियन्त्रणको मात्रा अनुसार सरकारको दायित्व पनि थपिँदै जान्छ भन्ने ख्याल राख्न आवश्यक छ । सामाजिकरूपमा लकडाउन नै घातक नहोस् भन्नेतर्फ सरकारले बेलैमा ध्यान दिनु पर्छ ।
तत्कालका लागि जनताले सरकारको बाध्यता स्वीकार गरेका छन् र सहयोगी पनि बनेका छन् । अब दैनिक जीवनलाई प्रभाव पारिरहेको वर्तमान अवस्थालाई सम्बोधन गर्ने पालो सरकारको हो । लकडाउन भन्दा बढी कठोर निर्णय गर्नु पर्ने बाध्यात्मक अवस्थामा जनताको दैनिकी चलाउने दायित्व सरकारको नै हुन्छ ।
प्रतिक्रिया