माल्टामा कार्यरत नेपालीको धमाधम भिसा रद्द « Khabarhub

माल्टामा कार्यरत नेपालीको धमाधम भिसा रद्द


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले चपेटामा परेपछि युरोपियन मुलुक माल्टाले नेपालीहरुको भिसा धामधम रद्द गर्न थालेको छ ।

भिसा रद्द हुन थालेपछि माल्टामा कार्यरत ३ हजार ५ सय भन्दा बढी नेपाली अन्यौलमा पर्न थालेका छन् ।

होटल, रेष्टुरा, लज, बार, सिनेमा हल, क्यासीनो लगायतमा कार्यरत नेपालीहरु भिसा रद्द हुन थालेपछि चिन्तित बनेका हुन् ।

टापु राष्ट्र माल्टा पर्यटकीय गन्तव्यको रुपमा चिनिए पनि कोरोना भाइरसको संक्रमणले त्यहाँको पर्यटकीय क्षेत्र ठप्प छ ।

माल्टामा मार्च ७ मा १२ वर्षीया इटालियन बालिकाबाट सुरु भएको कोरोना संक्रमण शनिबार दिउँसोसम्म १ सय ५० जनामा पुगेको छ । अहिलेसम्म कोही पनि नेपाली संक्रमित छैनन् ।

तर पनि कोरोना भाइरसको संक्रमणले व्यवसाय बन्द हुन थालेपछि रोजगादाता कम्पनीहरुले अब काम दिन नसकिने बताउँदै नेपाली श्रमिकहरुलाई धमाधम जागिरबाट निकाल्न थालेका छन् ।

गैह्र आवासीय नेपाली संघ माल्टाका अध्यक्ष राजु अर्याल “बाबु” का अनुसार रोजगादाता कम्पनी एसएसएमले आफ्ना ४० जना कामदारको भिसा रद्दका लागि प्रकृया थालेको छ ।

यस्तै टोटल म्यानेज्मेन्ट कम्पनीले २ सय ३४ जनाको भिसा रद्द गर्न कामदारहरुलाई निवेदन दिइसकेका छन् ।

केही कम्पनीहरुले भने अहिले आफ्ना कामदारहरुसँग भिसा रद्दको सट्टा केही शर्तनामा अघि सारेका छन् ।

कम्तिमा २ देखि ३ महिनासम्म समय दिने, त्यतीबेला सम्म अन्य कम्पनी खोजेर काम गर्न भनेका छन् । सो अवधिमा खान र बस्न दिए पनि तलब नदिने बताएका छन् ।

करिब ५ लाख जनसख्या रहेको टापु राष्ट्र माल्टा दक्षिण इटालीबाट ८० किलोमिटरको जल यात्राको दूरीमा पर्दछ ।

सन् १९८३ मा नेपाल र माल्टाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको हो । माल्टामा नेपाली राजदूताबास तथा नियोग छैन, बेलायतस्थित नेपाली नियोगले नै माल्टालाई पनि हेर्दै आएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ६ : ४७ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ