काठमाडौं महानगरले भन्यो- फोहोर नउठे ११८० मा फोन गर्नुहोस् | Khabarhub Khabarhub

काठमाडौं महानगरले भन्यो- फोहोर नउठे ११८० मा फोन गर्नुहोस्


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाले केही दिन फोहर उठ्न समस्या भए पनि अहिले नियमित फोहर व्यवस्थापनको काम भइरहेको जनाएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना भाइरसको संक्रमणको कारण व्यवस्थापनमा समस्या हुँदा फोहर नउठे पनि आगामी दिनमा नियमित फोहर संकलन हुने दृढता व्यक्त गरे ।

केही दिनअघि बानेश्वर, कोटेश्वर, अनामनगरलगायत स्थानमा नियमित फोहर नउठेको स्थानीय गुनासो आएपछि प्रमुख शाक्यले आगामी दिनमा कुनै स्थानको फोहर व्यवस्थापनमा समस्या आए ११८० मा फोन गर्न आग्रह गरे ।

फोन आएपछि तत्काल कामपाको फोहर संकलन गर्ने सवारी साधन आउने उनले ठोकुवा गरे । फोहर मात्रै नभई अहिलेको विषम परिस्थितिमा अन्य कुनै समस्या परे पनि आफ्नो सम्बन्धित वडा कार्यालयमा जानकारी गराएर सहजीकरण गर्न पनि उनले सबै नागरिकलाई आग्रह गरे ।

विश्वभर फैलिएको कोभिड – १९ को संक्रमण फैलन नदिन सरकारले यही ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनका समयमा दैनिक उपभोग्य वस्तुको कुनै समस्या परे सम्बन्धित वडा कार्यालयलाई सम्पर्क गर्न पनि प्रमुख शाक्यले अनुरोध गरे ।

उनले दैनिक खाद्य वस्तुको अभाव सिर्जना हुन नदिन पनि कामपाले नियमित अनुगमन गरिरहेको भन्दै कतै कालोबजारी भएको भए खबर गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

कामपाले कोभिड–१९ थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई पनि तीव्र बनाएको छ ।

बबरमहल, बानेश्वर, तीनकुने, सिनामंगल, जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज, वसन्तपुर र यसका आसपास भित्री क्षेत्रमा केन्द्रित गरी उक्त औषधि छर्किएको थियो । कामपाका प्रमुख शाक्यका अनुसार बाक्लो बस्ती, अत्यावश्यक सामग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई शहरभरि पुर्‍याउने रणनीतिका आधारमा काम भइरहेको बताए ।

सरकारले लकडाउन गरेको दोस्रो दिनदेखि कामपाले औषधि छर्न शुरु गरेको हो । कामपाका नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार अहिले पनि यो कार्यलाई निरन्तरता दिइएको छ ।

मानिसको भीडभाड बढी हुने स्थान वीर अस्पताल, भित्री शहरका स्थान असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा औषधि छर्कने कार्यको शुरुआत भएको हो ।

कामपाले अहिले दैनिक चार हजार लिटर क्षमताका दश ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किन शुरु गरेको र आवश्यकतानुसार ट्याङ्कर थप गर्न सकिने सापकोटाले बताए।

प्रमुख शाक्यले नागरिकलाई समस्या आए तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्दै जुनसुकै समय पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताए । यससँगै कामपाले ब्रुमरले सडक सफा गर्ने काम पनि निरन्तर रुपमा गरिरहेको छ । आवश्यक पर्दाका समयमा खबर गर्नका लागि कामपाका सबै वडाध्यक्षको फोन नम्बर सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ६ : ५८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर