नेपालमा रहेका आफ्ना नागरिक मंगलबार स्वदेश फर्काउँदै अमेरिकी दूतावास « Khabarhub

नेपालमा रहेका आफ्ना नागरिक मंगलबार स्वदेश फर्काउँदै अमेरिकी दूतावास


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले नेपालमा रहेका अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएको छ ।

मंगलबार र विहीबार दुई दिन चार्टर्ड विमानमार्फत उनीहरुलाई स्वदेश फर्काउन लागिएको नेपालस्थिति अमेरिकी दूतावासले जनाएको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वदेश फर्किन चाहने अमेरिकी नागरिकलाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

दूतावासका अनुसार मंगलबार र विहिबार काठमाडौंबाट चार्टड विमान अमेरिकाको वासिंटन डिसी जानेछ । हाल दूतावासले नेपालभर रहेका र अमेरिका फर्कन चाहने नागरिकहरुलाई काठमाडौंमा जम्मा गरिरहेको छ ।

पोखरा र लुक्लामा रहेका केही अमेरिकन नागरिकलाई उद्धार गरेर काठमाडौं ल्याइएको दूतावसले जनाएको छ । उनीहरुलाई मंगलबार र विहीबार गरी अमेरिका पठाइनेछ ।

नेपाल पर्यटन बोर्ड र स्थानीय सीडीओहरुसँग समन्वय गरेर विभिन्न जिल्लामा रहेका अमेरिकी नागरिकलाई काठमाडौं आउने वातावरण बनाइरहेको दूतावासले जनाएको छ ।

दूतावाले अमेरिकी विदेशमन्त्रालयसँग चार्टड फ्लाइटका सन्दर्भमा समन्वय गरिरहेको र पहिलो उडान मंगलबार मार्च ३१ मा काठमाडौंबाट वासिंटन डिसीका लागि हुने दूतावासको भनाइ छ ।

दोश्रो उडान अप्रिल २ बिहिबार हुने तर दुबै उडानका लागि समय तय हुन बाँकी रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ८ : ५७ बजे

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र