कोरोना प्रभाव : युरोपीयन फुटबलको सिजन गुम्न सक्ने | Khabarhub Khabarhub

कोरोना प्रभाव : युरोपीयन फुटबलको सिजन गुम्न सक्ने


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नोबेल कोरोना भाईरस (कोभिड १९) विश्वभर महामारीका रुपमा फैलिरहँदा विश्वका ठूला खेल गतिविधिहरु रोकिइसकेका छन् ।

यस्तैमा कोरोना भाइरसकै कारण रोकिएका मध्येको इङ्ग्लीस प्रिमियर लिग सहित युरोपेली फुटबलको चालू सिजन गुम्न सक्ने खतरा रहेको बताइएको छ ।
कोरोना भाइरसको इपिसेन्टर बनेको युरोप यसको संक्रमणले युरोपेली फुटबल प्रतियोगिता रद्व हुने सम्भावना बढेर गएको हो ।

युरोपेली फुटबल महासंघ (यूईएफए)का अध्यक्ष अलेक्जेन्डर सेफरिनले जुनको अन्तिमसम्म बाँकी सिजन सुरु गर्न नसकिए चालू सिजन यतिमै टुङ्ग्यानु पर्ने खतरा हरनसक्ने बताएका छन् ।

यद्यपी उनले बन्द रंगशालामा भएपनि गरेर समापन गर्ने विकल्प अघि बढाएका छन् । ‘यदी हामीले पुनः सुरुवात गर्न सकेनौ भने सम्भवत सिजन गुम्नेछ ।’ सेफरिनले भनेका छन्, ‘हामीसँग तीनवटा विकल्प छन् । ती भनेका मेको मध्यबाट, जुनबाट वा जुनको अन्तिमबाट प्रतियोगिता पुन सुचारु गर्नु हो ।’

सेपरिनले ईटालिन पत्रिका ला रिपब्लीकासंग कुरा गर्दै भने, ‘यसरी गर्न सकियो भने अर्को सिजनको सूरुवातबाट नयाँ सिजन सुरु गर्न सक्ने सम्भावना छ । हामी लिग र क्लबका लागि राम्रो विकल्प हेरिरहेका छौ ।’ अहिले ईङ्लिस फुटबल अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ ।

दर्शकविनाका प्रतियोगिता आयोजना गर्नु राम्रो विकल्प नभएको उल्लेख गरेका उनले यदित्यस्तो कुनै विकल्प फेला नपरे सिजन टुङ्ग्याउने बताएका छन् ।

युरोपका अधिकांश फुटबल लिग स्थगित अवस्थामा छन् । कोरोनाकै प्रभावका कारण युरो २०२० अर्को बर्षका लागि सारिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ९ : १३ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई