कोरोना प्रभाव : युरोपीयन फुटबलको सिजन गुम्न सक्ने « Khabarhub

कोरोना प्रभाव : युरोपीयन फुटबलको सिजन गुम्न सक्ने


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नोबेल कोरोना भाईरस (कोभिड १९) विश्वभर महामारीका रुपमा फैलिरहँदा विश्वका ठूला खेल गतिविधिहरु रोकिइसकेका छन् ।

यस्तैमा कोरोना भाइरसकै कारण रोकिएका मध्येको इङ्ग्लीस प्रिमियर लिग सहित युरोपेली फुटबलको चालू सिजन गुम्न सक्ने खतरा रहेको बताइएको छ ।
कोरोना भाइरसको इपिसेन्टर बनेको युरोप यसको संक्रमणले युरोपेली फुटबल प्रतियोगिता रद्व हुने सम्भावना बढेर गएको हो ।

युरोपेली फुटबल महासंघ (यूईएफए)का अध्यक्ष अलेक्जेन्डर सेफरिनले जुनको अन्तिमसम्म बाँकी सिजन सुरु गर्न नसकिए चालू सिजन यतिमै टुङ्ग्यानु पर्ने खतरा हरनसक्ने बताएका छन् ।

यद्यपी उनले बन्द रंगशालामा भएपनि गरेर समापन गर्ने विकल्प अघि बढाएका छन् । ‘यदी हामीले पुनः सुरुवात गर्न सकेनौ भने सम्भवत सिजन गुम्नेछ ।’ सेफरिनले भनेका छन्, ‘हामीसँग तीनवटा विकल्प छन् । ती भनेका मेको मध्यबाट, जुनबाट वा जुनको अन्तिमबाट प्रतियोगिता पुन सुचारु गर्नु हो ।’

सेपरिनले ईटालिन पत्रिका ला रिपब्लीकासंग कुरा गर्दै भने, ‘यसरी गर्न सकियो भने अर्को सिजनको सूरुवातबाट नयाँ सिजन सुरु गर्न सक्ने सम्भावना छ । हामी लिग र क्लबका लागि राम्रो विकल्प हेरिरहेका छौ ।’ अहिले ईङ्लिस फुटबल अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ ।

दर्शकविनाका प्रतियोगिता आयोजना गर्नु राम्रो विकल्प नभएको उल्लेख गरेका उनले यदित्यस्तो कुनै विकल्प फेला नपरे सिजन टुङ्ग्याउने बताएका छन् ।

युरोपका अधिकांश फुटबल लिग स्थगित अवस्थामा छन् । कोरोनाकै प्रभावका कारण युरो २०२० अर्को बर्षका लागि सारिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ९ : १३ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी

नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका– २ शान्तिनगरमा एक युवती

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

हुम्ला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४

तेरियाले सकिन् डेब्यू फिल्म ‘मित ज्यू’को सुटिङ

काठमाडौं – डान्सर तेरिया मगरले फिल्म ‘मित ज्यू’को सुटिङ पूरा

देशलाई उज्यालो भविष्यतिर लैजाने घिसिङको प्रतिबद्धता

पाँचथर– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा दिगो विकास,