कोरोना भाइरसको संक्रमण रोक्न सेनाले ल्यायो मोबाइल एप « Khabarhub

कोरोना भाइरसको संक्रमण रोक्न सेनाले ल्यायो मोबाइल एप


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्ने कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले मोबाइल एप निर्माण गरेको छ ।

सेनाले क्राउन सोर्सिङको अवधारणअनुरुप सर्वसाधारणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले ‘कोभिड–१९ रेस्पोन्स एप–नेपाल’ निर्माण गरेको हो ।

उक्त मोबाइल एपमार्फत सर्वसाधारणले आफ्नो परिवार, छिमेक तथा साथीभाइमा कोरोना भाइरससम्बन्धी कुनै पनि लक्षण देखिएमा विवरण पठाउन मिल्ने व्यवस्था गरिएको छ ।

साथै विपदको घडिमा जनमानसमा विभिन्न किसिमका अफवाहहरुको फैलावट रोक्न पनि एपले मद्दत गर्ने सेनाले विश्वास लिएको छ । मोबाइल एपमार्फत प्राप्त हुने सूचना तथा डाटाहरुलाई नेपाली सेनाले आवश्यक व्यवस्थापन, विश्लेषण तथा बिरामीको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने छ ।

हाललाई यो मोबाइल एप एन्ड्रोइड अपरेसिटङ सिस्टममा आधारित स्मार्ट फोनका लागि तयार गरिएको छ । केही दिनमै अन्य अपरेटिङ सिस्टममा आधारित स्मार्ट फोनका लागि पनि एप तयार गरिने सेनाको भनाइ छ ।

हालका लागि नेपाली सेनाको वेवसाइट बाट एप डाउनलोड गर्न सकिने छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १० : ५८ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका