बेलायतमा आपतकालिन अस्पताल बनाउन खटिए गोरखा सैनिक (फोटो फिचर) « Khabarhub

बेलायतमा आपतकालिन अस्पताल बनाउन खटिए गोरखा सैनिक (फोटो फिचर)


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कोरोना भाइरसको महामारी बढेसँगै बेलायतमा यससम्बन्धी उपचारका लागि छुटटै अस्पताल निर्माणको काम शुरु भएको छ ।

आपतकालिन अस्पताल निर्माणका लागि ठुलो संख्यामा गोरखा सैनिक परिचालन गरिएको छ ।

ब्रिटेन–कमनवेल्थ फोर्सलाई उदृत गर्दैै नेपाल ब्रिटेन डटकमले जनाए अनुसार लण्डनको डकल्याण्डमा बेलायतको सबैभन्दा ठूलो अस्पतालको निर्माणको लागि क्वीन गोरखा इञ्जिनियरहरू परिचालन गरिएको हो । उनीहरुले हप्ता देखिनै काम थालेका थिए ।

४ हजार बेडको अस्पताल निर्माणका लागि उनीहरु खटिएका हुन । सन् १९४८ देखि बेलायती सेनामा गोरखा इञ्जिनियरहरुले छुट्टै सेवा दिदै आएका छन् ।

यसअघि पनि बेलायतले गोरखा डिभिजनल इन्जिनियरहरूलाई आपतकालमा परिचालन गर्दै आएको थियो । विश्वभरि सजाल भएको सो टोलीले आपतकालिन अवस्थामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

बेलायतमा कोभिड १९ बाट ज्यान गुमाउनेहरुको संख्या १०१९ पुगेको छ । शनिवार मात्र २६० जनाको मृत्यु भएको वेलायती संचारमाध्यमहरुले जनाएका छन् ।

१७ हजार ८९ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ११ : ०५ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित