ताप्लेजुङ र उदयपुरमा गरी लडेर २ जनाको मृत्यु « Khabarhub

ताप्लेजुङ र उदयपुरमा गरी लडेर २ जनाको मृत्यु


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ को ताप्लेजुङ र उदयपुरमा गरी लडेर २ जनाको मृत्यु भएको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ का ५२ वर्षीय मिन बहादुर लाबुङ लिम्बुको घर नजिकै रहेको कुटमिरोको रुखबाट लडेर मृत्यु भएको हो ।

शनिबार बलेका ६ बजेतिर कुटमिरोको रुखबाट घाँस झार्ने क्रममा लडेर घाइते भएका लिम्बुलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लैजाने क्रममा बोटोमा नै मृत्यु भएको हो ।

यस्तै, उदयपुरको उदयपुरगढी गाउँपालिका–५ का कृष्ण बहादुर राईको घरबाट लडेर मृत्यु भएको छ ।

छिमेक खेम बहादुर भुजेलको निर्माणाधीन घर हेर्न भनेर गएका राई सोही घरबाट लडेर घाइते भएका थिए ।

घरबाट लडेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । राईको उपचारकै क्रममा शनिबार राति १० बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ११ : ०८ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक