भारतबाट घर फर्किएका व्यक्तिमा ज्वरो देखिएपछि स्थानीयबासी त्रसित « Khabarhub

भारतबाट घर फर्किएका व्यक्तिमा ज्वरो देखिएपछि स्थानीयबासी त्रसित


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुल्लु– विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै संक्रमणको जोखिम कम गर्न भनेर सरकारले केही दिन अगाडिदेखि नै देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो । लकडाउनको घोषणा गर्नु अगाडि नै सबै सीमा नाकाहरुमा आवातजावत बन्द गरिएको थियो । तर, भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या भने लकडाउन घोषणा गरिए पछि पनि घटेन ।

दैलेख जिल्लामा मात्रै लकडाउन घोषणा पछि ९ सय ४ जना भारतबाट घर फर्किएका छन् । जिल्लाको आठबीस नगरपालिकामा मात्रै ४५० नागरिक भारतबाट आएका छन् । नगरपालिकाका प्रमुख खड्गराज उपाध्याय भारतबाट आउनेको सङ्ख्या अझै बढ्नसक्ने बताउँछन् ।

भारतबाट आएका केहीमा ज्वरो देखिए पछि सर्तकता पनि बढाइएको उपाध्यायले जानकारी दिए । पालिकाका सबै वडामा कीटनाशक औषधि छर्कने, वडा अध्यक्षहरुमार्फत स्वास्थ्य अवस्थाको जानकारी लिने, मास्क लगाउने, घरबाट बाहिर नजाने भन्दै जनचेतना फैलाउने काम तीव्र पारिएको उनले बताए ।

नारायण नगरपालिकामा १३०, डुगेश्वर गाउँपालिकामा ४७, भगवतीमाई गाउँपालिकामा ३५, चामुण्डा बिन्द्रासैनीमा ४९, गुराँस गाउँपालिकामा २७, ठाँटीकाँधमा १५६, महावुमा नौ जना भारतबाट फर्किएका छन् । अन्य पालिकाको विवरण अझै आउन बाँकी छ । दैलेखमा चार नगरपालिका र सात गाउँपालिका छन् ।

भारतमा रोजगारी गर्नेहरु दैलेखमा धेरै भित्रिएका कारण जिल्लामा सुरक्षा तयारी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । जिल्लाको आठवीस नगरपालिकाका एकै परिवारका १६ जनालाई क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ । परिवारका दुईलाई निरन्तर ज्वरो आएपछि आइसोलेसनमा राखिएको र परिवारका बाँकी १४ लाई क्वारेन्टाइनमा राखिएको हो । दुई जनाको कोरोना जाँचका लागि नमूना पठाइएको छ ।

अन्य सबैलाई पालिकास्तरमा रहेका जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको निगरानीमा राख्ने निर्देशन जिप्रकाले दिएको भए पनि चुनौती बढ्न सक्ने भन्दै स्थानीयवासी त्रसित बनेका छन् । जिल्लाका विभिन्न स्थानमा १३८ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीका अनुसार ३३ वटा आइसोलेसन शय्या र तीन वटा हाइकेयर युनिट तयार भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ११ : २६ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा