कोरोना संक्रमितसँगै कतार एयरवेजको जहाजमा आएका ५ जनाको रिपोर्ट ‘नेगेटिभ’ « Khabarhub

कोरोना संक्रमितसँगै कतार एयरवेजको जहाजमा आएका ५ जनाको रिपोर्ट ‘नेगेटिभ’


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपालमा कोरोना संक्रमितमध्ये २ जनायुवतीहरुसँगै कतार एयरवेजको जहाजमा स्वदेश फर्किएका चितवनका ५ जनाको नतिजा नेगेटिभ आएको छ । चैत ४ गते कतार एयरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ बाट नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले अन्य यात्रुको पनि नमूना संकलन गरेर परीक्षण शुरु गरेको थियो ।

जसक्रममा बाग्लुङकी एक युवतीमा कोरोना संक्रमित पोजेटिभ देखिएको थियो । तर, चितवनका ५ जनाको भने नेगेटिभ रिपोर्ट आएको भरतपुर कोरोना विशेष अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षणका क्रममा ५ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना सङ्क्रमित युवतीसँगै एउटै जहाजमा आएका भरतपुर महानगरपालिका–८ का भुवन कोइराला, उनकी श्रीमती सञ्जु कोइराला, भरतपुरका सुरेश गुरुङ, शम्भु नेपाली र उहाँकी श्रीमतीलाई अस्पतालमा क्वारेन्टाइनमा राखी स्वाब परीक्षणका लागि पठाइएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनको आग्रहमा उनीहरु कोरोना अस्पताल पुगेका थिए ।

सोही एयरवेजमा आएका ६ जना चितवनवासी भएकामा १ जना भने काठमाडौंमा नै बसेका थिए । यस्तै भरतपुर कोरोना अस्पतालबाट पठाइएको अन्य ६ जनाको कोरोना परीक्षणको नतिजासमेत नेगेटिभ आएको प्रवक्ता डा अधिकारीले जानकारी दिइ ।

गत चैत ७ गतेबाट सञ्चालनमा आएको अस्पतालमा कोरोनाको लक्षण देखिएका २३ जनाले सेवा लिएका छन् । हाल ४ जनाको उपचार भइरहेको छ । अन्यको नतिजा नेगेटिभ आएसँगै घर पठाइएको अस्पतालले जनाएको छ । नतिजा नेगेटिभ आएकाहरुलाई घरपरिवारको निगरानीमा राख्ने गरी पठाइएको हो ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १२ : ५१ बजे

धुलिखेल खावा सडक कालोपत्र सुरु (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक कालोपत्रे गर्ने काम सुरु

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा