मन्त्रिपरिषद बैठक बस्दै, के लम्बिएला लकडाउन ? | Khabarhub Khabarhub

मन्त्रिपरिषद बैठक बस्दै, के लम्बिएला लकडाउन ?


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार(आज) मन्त्रिपरिषदको बैठक बस्दैछ । आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद बैठक अघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा दिउँसो बस्ने कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय बैठकमा लकडाउनको आज छैटौ दिनसम्मको समीक्षा, कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारका तर्फबाट भईरहेका प्रयास, खाद्यान्न, इन्धन, तरकारी लगायत दैनिक उपभोग्य सामग्रीहरु सर्वसाधारणमा पुर्याउने सम्बन्धमा गरिने व्यबस्थालगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकले लकडाउनको अवधि थप्ने सम्बन्धमा पनि आवश्यक निर्णय गर्ने र मन्त्रिपरिषदको आज अपराह्न बस्ने बैठकबाट त्यसबारेमा निर्णय लिइने तयारी गरिएको स्रोतको भनाइ छ ।

नेपालमा दोस्रो व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि चैत्र ११ गते विहान ६ बजेदेखि लागु हुनेगरी चैत्र १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय भएको थियो ।

संक्रमण फैलन नदिनका लागि लकडाउनलाई उपयुक्त विकल्प मानिएको छ । छिमेकी मुलुक भारतमा समेत २१ दिन लामो लक डाउनको घोषणा केही दिन अघि गरिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १ : ०९ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका