काठमाडौं बाहिर पहिलोपटक कोरोना भाइरस परीक्षण धरानमा शुरु « Khabarhub

काठमाडौं बाहिर पहिलोपटक कोरोना भाइरस परीक्षण धरानमा शुरु


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं बाहिर पहिलो पटक आइतबारदेखि कोरोना भाइरस भाइरस (कोभिड–१९) को परीक्षण शुरु भएको छ । यसअघि टेकु स्थित राष्ट्रिय प्रयोगशालामा मात्र कोरोना भाइरसको परीक्षण गर्ने व्यवस्था रहेको थियो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोभिड–१९ को परीक्षण शुरु भएको हो ।

प्रतिष्ठानका इन्टरनल मेडिसिन विभागका प्रमुख प्रा.डा.संजिवकुमार शर्माका अनुसार एक लटमा १२ जनाको थ्रोट स्वाब (घाँटीको र्‍यालको नमुना)  परीक्षण गर्न सकिने छ । कोरोना भाइरसको सक्रमणको आशंका भएमा थ्रोट स्वाब परीक्षण गरिन्छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार हाल सम्म मुलुकमा कोरोनाको लागि ८७५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  २ : २९ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको