कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग « Khabarhub

कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतमा जारी लकडाउनका कारण बलिउडकर्मी यतिबेला फुर्सतमा छन् । कलाकारले घरमा सेल्फ क्वारेन्टाइनमा बसेर सरकारलाई सहयोग गरिरहेका छन् ।

भारतका कोरोना भाइरसको लडाइँका लागि भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केयर फण्ड गठन गरेसँगै बलिउड अभिनेता अक्षय कुमारले २५ करोड रुपैयाँ भारू दिने घोषणा गरे । मोदीले ट्वीटमार्फत धेरैको चासो भएकाले फण्ड खोलिएको बताएका थिए ।

उक्त फण्डमा बलिउडकर्मीले कोरोना भाइरसको लडाइँका लागि भन्दै सहयोग रकम घोषणा गरेका छन् ।

अक्षय कुमारले ट्वीट गर्दै भने – मैले मेरो बचतबाट २५ करोड सहयोग गर्छु ।

अक्षय कुमारको यो कार्यलाई भारतीयले खुलेर तारिफ गरेका छन् । योसँगै अभिनेता वरुण धावनले पनि ३० लाख सहयोग गर्ने घोषणा गरेका छन् । वरूणले ट्वीटमार्फत लेखेका छन् – देश छ त हामी छौँ ।

भुषण कुमारले पनि उक्त कोषमा ११ करोड भारु दिने घोषणा गरेका छन् ।

यस्तै दक्षिण भारतीय अभिनेता प्रभासले ४ करोड भारु, महेस बाबुले १ करोड र चिरञ्जीवीले १ करोड दिने दिने घोषणा पहिले नै गरेका थिए ।

यस्तै हेमा मालिनीले १ करोड सहयोग गरेकी छिन् । उनी भारतीय जनता पार्टीका तर्फबाट सांसद पनि हुन् ।

सनी देओलले ५० लाख सहयोग गर्ने दिने घोषणा गरेका छन् भने रजनीकान्तले ५० लाख, पवन कल्याणले १ करोड, राम चरणले ७० लाख दिने बताएका छन् । यस्तै कमेडियन कपिल शर्माले ५० लाख सहयोगको घोषणा गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ४ : ५९ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले