कोरोना भाइरसको संक्रमणबारे जानकारी दिन स्वास्थ्य मन्त्रालयले ल्यायो नयाँ वेबसाइट « Khabarhub

कोरोना भाइरसको संक्रमणबारे जानकारी दिन स्वास्थ्य मन्त्रालयले ल्यायो नयाँ वेबसाइट


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनासँग सम्बन्धित सम्पूर्ण जनाकारी दिन नयाँ वेबसाइट तथा माेबाइल एप शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयले आइतबारदेखि कोरोनाबारे जाकारी दिन covid19.mohp.gov.np नामक वेबसाइट शुरु गरको हो । सोही वेबसाइटमा गएर मोबाइल एपसमेत डाउनलोड गर्न सकिने छ ।

मन्त्रालयले बनाएको नयाँ वेबसाइटमा कोरोना संक्रमितको उपचार हुने अस्पतालको विवरण, उपलब्ध भएका सेवाको विषयमा पनि जाकारी दिइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए । यस्तै कोरोना संक्रमणको लक्षण देखिएका बिरामीले मन्त्रालयको वेबसाइटबाट नै सम्बन्धित निकायमा खबर गर्न सकिने व्यवस्था समेत रहेको छ ।

आइतबार नयाँ वेबसाइटको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री ढकालले उक्त वेबसाइटबाट कोरोना भाइरसको विषयमा सम्पूर्ण जानकारी हेर्न सकिने बताए । मन्त्री ढकालले मन्त्रालयले बनाएको नयाँ वेबसाइटले संक्रमित पहिचान गर्न र संक्रमितले सही समयमा उपचार पाउन सहज हुने बताए ।

‘नयाँ वेवसाइट र एप्सले कोरोना संक्रमित व्यक्ति पहिचान गर्न र पहिचान भएका व्यक्तिले अस्पतालबाट सेवा सुविधा लिन र सम्बन्धित व्यक्तिले पनि आफ्नो स्वास्थ्य सुविधाबारे जानकारी लिन सहज हुने छ,’ मन्त्री ढकालले भने, ‘संक्रमित पहिचान गर्न र तुरुन्तै उपचारमा ल्याउनुपर्छ भनेर सूचना दिन यो एप्स ल्याएका छौं ।’

मन्त्री ढकालले नेपालमा हालसम्म विदेशबाट आएका ५ जनामा कोरोना संक्रमण देखिएको र नेपालमै रहेकाहरुमा अहिलेसम्म संक्रमण नदेखिएको बताएका छन् । उनले ७ वटै प्रदेशमा ल्याबको सुविधा मिलाएर सबै प्रदेशमा कोरोना संक्रमणको परीक्षण गर्ने व्यवस्था मिलाउने बताएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ३ : ४४ बजे

धुलिखेल खावा सडक कालोपत्र सुरु (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक कालोपत्रे गर्ने काम सुरु

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा