चेक रिपब्लिक र स्पेनपछि नेदरल्यान्डमा पनि देखियो चिनियाँ मेडिकल सामाग्रीमा समस्या « Khabarhub

चेक रिपब्लिक र स्पेनपछि नेदरल्यान्डमा पनि देखियो चिनियाँ मेडिकल सामाग्रीमा समस्या


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुणस्तर मापदण्ड पुरा गर्न नसकेपछि नेदरल्यान्ड्स सरकारले आफ्ना अस्पतालहरुबाट चीनमा उत्पादित करिब ६ लाख मास्कहरु फिर्ता पठाउन भनेको छ । स्थानीय सञ्चारमाध्यमहरुका अुनसार ती मास्कहरु चीनबाट आयात गरी कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न नेदरल्यान्ड्सका अस्पतालहरूमा पठाइएको थियो । तर, अहिले ती मास्कहरु फिर्ता लिने निर्णय गरिएको छ ।

नेदरल्यान्ड्सले २१ मार्चमा चिनियाँ निर्माताबाट मास्क आयात गरेको थियो । चिनियाँ निमार्ताबाट एफएफपी २ श्रेणीका मास्कहरुको अर्डर दिइएको थियो । जसले हावामा रहेको ९४ प्रतिशत ठोस र तरल कण फिल्टर गर्नुपर्दछ ।

तर, गुणस्तर मापन गर्ने क्रममा चीनबाट खरिद गरिएका मास्कहरुले त्यस स्तरमा कणहरुको फिल्टर गर्न नसकेको नेदरल्यान्ड्स सरकारले जनाएको छ । चीनबाट खरिद गरिएका माक्सले कोभिड–१९को संक्रमण सार्ने सक्ने कणहरुको फिल्टर गर्न नसक्ने भन्दै अस्पतालहरुबाट फिर्ता मागिएको हो ।

नेदरल्यान्ड्समा १८०० भन्दा बढी कोरोना भाइरस (कोभिड– १९)का संक्रमित छन् भने यसबाट ६०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

यसरी चीनबाट आयातित मेडिकल सामाग्रीमा खोट देखिएको नेदरल्यान्ड्स तेश्रो मुलुक हो । चिनियाँ किटहरु ३० प्रतिशत विरामीको मात्रै सही पहिचान गर्न सकेको र संक्रमितमध्ये ७० प्रतिशत व्यक्तिमा संक्रमण पत्ता लगाउन नसकेको भन्दै यसअघि स्पेनले चिनियाँ किटको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । स्पेनले आयात गरिसकेका किटहरु फिर्ता पठाउने निर्णय समेत गरिसकेको छ । यसअघि चीनले चेक रिपब्लिकमा पठाएको किटहरुले पनि सही नतिजा नदिएको पाइएको थियो ।

विश्वसनीयतामा प्रश्न उठेपछि नेपाल ल्याउन लागिएको चीनमा उत्पादित कोभिड–१९ परीक्षण किट पनि शनिबार बाटैमा रोकिएको थियो । गत बुधबार बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले २ हजार जनालाई कोरोना भाईरस (कोभिड–१९)को परिक्षण गर्न मिल्ने किट बेइजिङस्थित नेपाली दूतावासलाई उपलब्ध गराएको थियो । सो किटहरु आइतबार काठमाडौं आइपुग्ने भनिएको थियो । तर शनिबार तिब्बतको ल्हासामा मै रोकियो । चीनको नेशनल मेडिकल प्रोडक्सन एडमिनिस्ट्रेसनले उक्त किटहरु निर्यातयोग्य नरहेको भन्दै ल्हासामै रोकिदिएको हो ।

यद्यपि हवाईमार्गमार्फत आइतबार मात्रै चीनबाट कोभिड–१९ संक्रमणको परीक्षणसँग सम्बन्धित मेडिकल सामाग्रीहरु आयात गरिएको छ । सरकारले आइतबारदेखि नै ती मेडिकल सामग्री वितरण शुरु गरिसकिएको जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ५ : २८ बजे

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी