चेक रिपब्लिक र स्पेनपछि नेदरल्यान्डमा पनि देखियो चिनियाँ मेडिकल सामाग्रीमा समस्या « Khabarhub

चेक रिपब्लिक र स्पेनपछि नेदरल्यान्डमा पनि देखियो चिनियाँ मेडिकल सामाग्रीमा समस्या


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुणस्तर मापदण्ड पुरा गर्न नसकेपछि नेदरल्यान्ड्स सरकारले आफ्ना अस्पतालहरुबाट चीनमा उत्पादित करिब ६ लाख मास्कहरु फिर्ता पठाउन भनेको छ । स्थानीय सञ्चारमाध्यमहरुका अुनसार ती मास्कहरु चीनबाट आयात गरी कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न नेदरल्यान्ड्सका अस्पतालहरूमा पठाइएको थियो । तर, अहिले ती मास्कहरु फिर्ता लिने निर्णय गरिएको छ ।

नेदरल्यान्ड्सले २१ मार्चमा चिनियाँ निर्माताबाट मास्क आयात गरेको थियो । चिनियाँ निमार्ताबाट एफएफपी २ श्रेणीका मास्कहरुको अर्डर दिइएको थियो । जसले हावामा रहेको ९४ प्रतिशत ठोस र तरल कण फिल्टर गर्नुपर्दछ ।

तर, गुणस्तर मापन गर्ने क्रममा चीनबाट खरिद गरिएका मास्कहरुले त्यस स्तरमा कणहरुको फिल्टर गर्न नसकेको नेदरल्यान्ड्स सरकारले जनाएको छ । चीनबाट खरिद गरिएका माक्सले कोभिड–१९को संक्रमण सार्ने सक्ने कणहरुको फिल्टर गर्न नसक्ने भन्दै अस्पतालहरुबाट फिर्ता मागिएको हो ।

नेदरल्यान्ड्समा १८०० भन्दा बढी कोरोना भाइरस (कोभिड– १९)का संक्रमित छन् भने यसबाट ६०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

यसरी चीनबाट आयातित मेडिकल सामाग्रीमा खोट देखिएको नेदरल्यान्ड्स तेश्रो मुलुक हो । चिनियाँ किटहरु ३० प्रतिशत विरामीको मात्रै सही पहिचान गर्न सकेको र संक्रमितमध्ये ७० प्रतिशत व्यक्तिमा संक्रमण पत्ता लगाउन नसकेको भन्दै यसअघि स्पेनले चिनियाँ किटको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । स्पेनले आयात गरिसकेका किटहरु फिर्ता पठाउने निर्णय समेत गरिसकेको छ । यसअघि चीनले चेक रिपब्लिकमा पठाएको किटहरुले पनि सही नतिजा नदिएको पाइएको थियो ।

विश्वसनीयतामा प्रश्न उठेपछि नेपाल ल्याउन लागिएको चीनमा उत्पादित कोभिड–१९ परीक्षण किट पनि शनिबार बाटैमा रोकिएको थियो । गत बुधबार बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले २ हजार जनालाई कोरोना भाईरस (कोभिड–१९)को परिक्षण गर्न मिल्ने किट बेइजिङस्थित नेपाली दूतावासलाई उपलब्ध गराएको थियो । सो किटहरु आइतबार काठमाडौं आइपुग्ने भनिएको थियो । तर शनिबार तिब्बतको ल्हासामा मै रोकियो । चीनको नेशनल मेडिकल प्रोडक्सन एडमिनिस्ट्रेसनले उक्त किटहरु निर्यातयोग्य नरहेको भन्दै ल्हासामै रोकिदिएको हो ।

यद्यपि हवाईमार्गमार्फत आइतबार मात्रै चीनबाट कोभिड–१९ संक्रमणको परीक्षणसँग सम्बन्धित मेडिकल सामाग्रीहरु आयात गरिएको छ । सरकारले आइतबारदेखि नै ती मेडिकल सामग्री वितरण शुरु गरिसकिएको जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ५ : २८ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता