धार्मिक भेला नरोक्दा पाकिस्तानमा यसरी फैलियो कोरोना भाइरस « Khabarhub

धार्मिक भेला नरोक्दा पाकिस्तानमा यसरी फैलियो कोरोना भाइरस


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) को संक्रमणमा इरानभन्दा पनि खराब अवस्था रहेको पाकिस्तान सरकारले लाहौरमा एक धार्मिक भेला गर्ने अनुमति दिएर लाखौंको ज्यान जोखिममा राखेका आरोप लागेको छ ।

मुस्लिम राष्ट्रहरुलाई जोखिममा राख्दैं पाकिस्तानले हालसालै धार्मिक भेलाको अनुमति दिएको थियो ।

स्थानीय तेबेगी जमातलाई पाकिस्तान सरकारले मार्च १३ देखि १५ सम्म धार्मिक भेला आयोजना गर्ने अनुमति दिएको थियो ।

उक्त भेलामा विश्वका विभिन्न भागबाट लाखौं मुस्लिम श्रद्धालु भेला हुने अपेक्षा गरिएको थियो । करिब साढे २ लाख मुस्लिम श्रद्धालुहरु भेला शुरु हुनु पूर्व नै लाहौर पुगिसकेका थिए ।

इरान र साउदी अरेबिया जस्ता देशहरूले धार्मिक जमघटमा प्रतिबन्ध लगाइरहेको बेला पाकिस्तानले उक्त भेला आयोजना गर्ने अनुमति दिएर लाखौं मुस्लिमहरुको जीवन जोखिममा राखेको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चौतर्फी आलोचना भइरहेको छ ।

आइतबार गाजापट्टीमा कोरोनाभाइरस संक्रमणको पहिलो दुई घटनाहरू देखा पर्यो । यी दुई प्यालेस्टिनी पुरुषहरू सोही भेलाका लागि पाकिस्तान गएर फर्केका थिए ।

पाकिस्तानमा १३०० भन्दा बढी व्यक्तिमा संक्रमण देखि सकिएको छ । तर सरकारले हालसम्म नियन्त्रणतर्फ कुनै ठोस कदम चाल्न सकेको छैन ।

पाकिस्तानी पत्रकार कुँवर खुलदुने शाहिदले पाकिस्तान विश्वमा कोभिड–१९ को ‘सुपर–स्प्रेडर’ बन्ने खतरा औल्याएका छन् ।

शाहिदले पाकिस्तान सरकारले विचित्रतापूर्वक ब्यवहार गरिरहेको आरोप लगाउँदै शुक्रवारको प्रार्थनाको लागि भेला भएका करोडौंको बीचमा कोरोना प्रसार कुन गतिमा भएको होला भन्ने कल्पना समेत गर्न नसकिने बताए ।

इरानले साप्ताहिक शुक्रबारको प्रार्थना रद्द गरेको थियो र साउदी अरबले फेब्रुवरीको अन्त्यमा नै उमरा यात्रालाई स्थगित गरेको थियो । तर पाकिस्तान सरकारले भने देशको दोस्रो ठूलो जनसंख्या भएको शहरमा लाखौं मानिस भेला हुने इज्जितमा गर्ने अनुमति दिएको थियो ।

तथापि भेला हुने भनिएको दिनभन्दा एक दिन पहिले मार्च १२मा आयोजकले सम्मेलन रद्द गरेका थिए । तर सम्मेलन रद्द हुने घोषणा भएको दिनसम्म लगभग २ लाख ५० लाख मानिसहरू लाहौरमा भेला भइसकेका थिए । यद्यपि भेला रद्द गरिनुको कारण कोरोना महामारी नभई वर्षा हुने पूर्वानुमान थियो ।

इरानले पवित्र शिया स्थलहरु बन्द गरेको छ भने साउदी अरेबियाले इस्लामका दुई अति पवित्र मस्जिदहरूमा प्रार्थना गर्न प्रतिबन्ध लगाएको छ । त्यस्तै टर्की, युएई, लेबनान, इराक, जोर्डन जस्ता धेरै मुस्लिम देशहरूले मस्जिद बन्द गरेको बेला पाकिस्तानले भने सबै खुला राखेको छ ।

राष्ट्रिय टेलिभिजनमा कोरोनाभाइरसको उपचारको बारेमा झूट फैलाउने मौलवीहरू विरुद्ध कुनै कारबाही भइरहेको छैन् । प्रख्यात धर्मगुरु मुहम्मद ताकी उस्मानीले राष्ट्रिय टिभीमा पैगम्बर मोहम्मदले सपनामा आइ कुरानको केही मन्त्रहरुको वाचन गरेमा कोरोनाको संक्रमण नहुने बताएका थिए ।

शनिवार सम्मको विवरण अनुसार पाकिस्तानमा ११ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ हजार ४ सय ८ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ६ : २७ बजे

भेनेजुएलामा आममाफी विधेयक विवादमा, विपक्षद्वारा गम्भीर कमजोरीको आरोप

एजेन्सी– भेनेजुएलामा २७ वर्ष लामो समाजवादी शासनकालका क्रममा पक्राउ परेका

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल

इराकी सुरक्षाबलको कारबाहीमा सात आतंककारी मारिए

बग्दाद– इराकी सुरक्षाबलले दुई छुट्टाछुट्टै कारबाहीका क्रममा सात जना आतंककारी

पर्यटनको प्रतीक्षामा जिरी

दोलखा–  ‘स्विट्जरल्यान्ड अफ नेपाल’ को उपनामले परिचित जिरी दोलखा जिल्लाको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने