हतारमा चीनबाट औषधि ल्याउँदा केही महंगो : महानिर्देशक श्रेष्ठ « Khabarhub

हतारमा चीनबाट औषधि ल्याउँदा केही महंगो : महानिर्देशक श्रेष्ठ


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले विश्व बजारमा सामान अभाव रहेका कारण खरिद गरिएका सामान केही महँगो परेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको दैनिक पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक श्रेष्ठले टेण्डर खोलेर सामान खरिदको प्रयास गरेपनि कसैले टेण्डर नहालेपछि अन्तिममा सहमतिका आधारमा सामान खरिद गरिएको स्पष्ट पारेका छन् ।

उनले सरकारले रहरले नभइ बाध्यतामा परेकोले महँगोमै भएपनि सामान किन्ने निर्णय गर्नुपरेको बताए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘विश्व बजारमै सामान छैन। औषधि त औषधि हो। जसरी पनि चाहिन्छ। केही महँगो पर्‍यो होला  ।’

उनले स्वास्थ्य सेवा विभागले खरिद गरेको र खरिद गर्ने सम्पूर्ण सामाग्रीहरुको विवरण वेबसाइटमा राखिने पनि जानकारी दिए।

उनले पहिलो लटमा खरिद गरिएका सामान र चीन सरकार तथा अन्य दाताबाट सहयोग प्राप्त सामान आइपुगेको जानकारी दिएका छन् ।

चीनबाट खरिद गरी आज ल्याइएको कोरोना कीट लगायत स्वास्थ्य सामग्रीको खरिदमा अनियमितता भएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना गरिएको भएको छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ६ : ५० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु