लकडाउन एक साता लम्बियो, २५ गते मध्यरातिसम्म हिडडुलमा प्रतिबन्ध « Khabarhub

लकडाउन एक साता लम्बियो, २५ गते मध्यरातिसम्म हिडडुलमा प्रतिबन्ध


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सरकारले लकडाउनको समायावधि सात दिन थपेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ७ दिन लकडाउन बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान कम्तिमा एक हप्ता बढाउन गरेको प्रस्तावमा मन्त्रीपरिषद्ले अनुमोदन गरेको हो । तर लगडाउनको अवधि चैत्र २५ गते राति १२ बजेसम्म कायम रहने बताइएको छ ।

काठमाडौंमै एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।

तर लकडाउनपछि पनि अरु तीन जना कोरोना संक्रमण देखिएपछि सरकारले लकडाउन अझ बढाउने निर्णय गरेको हो ।

यो अवधिमा अत्यावश्यक बाहेकका काममा हिडे संक्रामक रोग नियन्त्रण ऐन र स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्ने सरकारले चेतावनी दिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ९ : १० बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने