काठमाडौं – कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३८२ जनाको मृत्यु भएको छ ।
योसँगै इटालीमा मृतकको संख्या २७ हजार ३५९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ९१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १ हजार ५०५ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ६८ हजार ९४१ जना उपचारपछि निको भएका छन् ।
उपचार गराइरहेका १ लाख ५ हजार २०५ जनामध्ये १ हजार ८६३ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया