कोरोना भाइरसका थप ६ नयाँ लक्षण देखिए « Khabarhub

कोरोना भाइरसका थप ६ नयाँ लक्षण देखिए


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसका थप नयाँ लक्षण पनि देखिएको छ । सुरुवाती लक्षणमा सुख्खा खोकी, कडा ज्वरो र सास फेर्न समस्या हुने थिए ।

अहिले यो रोगका थप धेरै लक्षण पनि भेटिएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोनाका नयाँ लक्षणको सूची जारी गरेको छ ।

सीडीसीका अनुसार कोरोनाभाइरसका तीन प्रमुख लक्षणका अलावा अन्य लक्षणहरु पनि छन् जसलाई अहिलेसम्म बेवास्ता गर्ने गरिएको छ ।

सीडीसी सूची जारी गरेका ६ नयाँ लक्षण यस्ता छन् :

१. सीडीसीका अनुसार कोरोना भाइरस संक्रमणपछि मानिसहरुलाई चिसो लाग्ने जस्तै समस्या हुन्छ । यो लक्षण बिल्कुल उस्तै हुन्छ जस्तो आम संक्रमणपछि हामीलाई रुघा लाग्छ ।

२. कोरोना संक्रमणपछि रुघाको साथै शरीर काम्ने र कठ्यांग्रिने जस्ता लक्षण पनि देखिन्छन् । चिसोका कारण शरीर कठ्यांग्रिन थाल्छ ।

३. सीडीसीले जारी गरेको लक्षणमा मांशपेशीमा पीडा हुने पनि बताइएको छ । यसअघि पनि कैयौं स्वास्थ्य विज्ञले जोर्नी दुख्ने समस्याबारे बताइसकेका छन् ।

४. कोरोना भाइरस संक्रमितलाई तीब्र रुपमा टाउको दुख्ने समस्या पनि देखिने गरेको छ । चीन र अमेरिकामा कैयौं बिरामीहरुमा यो समस्या देखिएको थियो ।

५. कोरोना संक्रमित व्यक्तिलाई घाँटीमा खसखसको पनि समस्या हुन्छ । अहिलेसम्म आएका कैयौं केसमा घाँटी दुख्ने र सुन्निने समस्या देखिएको थियो ।

६. कोरोनासंक्रमितहरु जिब्रोले स्वाद थाहा पाउँदैन । कैयौं देशमा आएका केसमा बिरामीले स्वाद पहिचान गर्न नसक्ने समस्या देखिएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ३७ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी