चीनमाथि गम्भीर अनुसन्धान थालिएको ट्रम्पको खुलासा « Khabarhub

चीनमाथि गम्भीर अनुसन्धान थालिएको ट्रम्पको खुलासा


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोभिड–१९ को महामारीबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या करिव २ लाख १७ हजार ९ सय नाघेको छ । ३१ लाख ३८ हजारभन्दा बढि व्यक्ति सङ्क्रमित बनेका छन् ।

अमेरिकामा संक्रमित संख्या १० लाख ३५ हजार बढि रहेको र हालसम्म मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ ।

यस्तै, स्पेनमा २३ हजार ८२२ जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् भने इटालीमा यो संख्या २७ हजार ३५९, फ्रान्समा २३ हजार ६६०, जर्मनीमा ६ हजारभन्दा ज्यादा रहेको जोन हपकिन्स विश्वविद्यालयले जनाएको छ ।

यस क्रममा चीनको सबभन्दा ठूलो शहर शंघाईमा बालबालिकाहरू विद्यालय जान शुरु गरेका छन् । विद्यालयको अध्ययन समाप्त गरी विश्वविद्यालय प्रवेश गर्ने क्रममा रहेका छात्रछात्राहरूलाई सरकारद्वारा स्कूल जाने अनुमति दिइएको हो ।

आगामी जुलाई महिनामा विश्वविद्यालय प्रवेशको परीक्षा हुन लागेको र त्यसको तयारी कक्षाका लागि विद्यालय खुल्ला गरिएको सिन्ह्वाले जनाएको छ ।

यतिबेला चीनमा कोरोना भाइरस सङ्क्रमितको संख्या जम्मा ८२ हजार ८५८ छ । भाइरसको उत्पत्तिस्थल भनिएको वुहानमा कुनै बिरामी बाँकी नरहेको सरकारी घोषणा सार्वजनिक भइसकेको छ । तथापि चीनभर सामाजिक दूरी कायम गर्ने नियम भने कायम नै राखिएको छ र स्कुले बालबालिकालाई मास्क लगाउन र दूरी बनाएर बस्न अनिवार्य गरिएको छ ।

उता ह्वाइट आउसमा भएको नियमित प्रेस कन्फ्रेन्सका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको मामलामा चीनप्रति आफू खुशी नरहेको दोहोऱ्याएका छन् । चीनको वुहानमै भाइरस सङ्क्रमणलाई सीमित गर्न सकिने अवस्था रहँदारहँदै उसको लापर्वाहीका कारण संसारभर महामारी फैलिएको आरोप उनले लगाए ।

कैयन स्वास्थ्यविज्ञहरूले समय रहँदै सतर्कता अपनाउन अमेरिका स्वयम् चुकेको बताइरहँदा राष्ट्रपति ट्रम्पले भने चीनलाई नै दोषी तुल्याइरहेका छन् । आफ्नो प्रशासनले कोरोना भाइरससम्बन्धी चीनको प्रतिक्रियालाई लिएर गम्भीर जाँच शुरु गरेको समेत उनले बताएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ३८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित