फ्रान्समा लकडाउन खुकुलो बनाउने तयारी « Khabarhub

फ्रान्समा लकडाउन खुकुलो बनाउने तयारी


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रान्सले लकडाउनलाई खुकुलो बनाउने तयारी थालेको छ । त्यसका लागि सार्वजनिक यातायात र विद्यालयमा मास्कको प्रयोग अनिवार्य बनाउने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण बढी प्रभावित हुने मध्येमा एक रहेको फ्रान्सले जारी रहेको लकडाउन आउँदो मे ११ देखि खुकुलो बनाउने भएको हो । लकडाउन खुकुलो बनाए पनि सार्वजनिक यातायात र विद्यालयमा मास्कको प्रयोग अनिवार्य हुने प्रधानमन्त्री इड्वार्ड फिलिपले बताए । सरकारले विद्यालयहरु क्रमिक रुपमा खुलाउँदै जाने योजना बनाएको उनले बताए ।

सुरुमा किन्डरगार्डेन र त्यसपछि प्राइमरी स्कूल खुलाइने छ । अन्त्यमा मात्रै सेकेन्डरी स्कूल खुलाइने र त्यहाँ मास्कको प्रयोग अनिवार्य गरिने फ्रान्स सरकारले बताएको छ । ११ देखि १५ वर्ष उमेरका बालबालिकाले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने भएको हो ।

कोरोना भाइरसबाट बढी प्रभावित भएको अर्को देश स्पेनले पनि जनजीवन केही खुकुलो र सामान्य बनाउने तर्फ कदम चालेपछि फ्रान्सले पनि आफ्नो योजना सार्वजनिक गरेको हो ।

अत्यावश्यक बाहेकका पसल वा बजारहरु पनि आउँदो मे ११ देखि फ्रान्समा खुला गर्ने फ्रान्स सरकारकाो तयारी छ । तर बार तथा रेस्टुरेन्टलाई भने सो छुट दिइएको छैन । खुला गरिएका पसलमा पनि सुरक्षात्मक सामग्रीको प्रयोग तथा तीन फिटको दूरी कामय गर्नु पर्ने छ ।

यस्तै सर्वसाधारणहरु मे ११ देखि घर बाहिर निस्कन पाउने छन् । एक ठाउँमा १० जनासम्म मात्रै जम्मा हुन पाइने छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ५३ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक