फ्रान्समा लकडाउन खुकुलो बनाउने तयारी | Khabarhub Khabarhub

फ्रान्समा लकडाउन खुकुलो बनाउने तयारी


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रान्सले लकडाउनलाई खुकुलो बनाउने तयारी थालेको छ । त्यसका लागि सार्वजनिक यातायात र विद्यालयमा मास्कको प्रयोग अनिवार्य बनाउने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण बढी प्रभावित हुने मध्येमा एक रहेको फ्रान्सले जारी रहेको लकडाउन आउँदो मे ११ देखि खुकुलो बनाउने भएको हो । लकडाउन खुकुलो बनाए पनि सार्वजनिक यातायात र विद्यालयमा मास्कको प्रयोग अनिवार्य हुने प्रधानमन्त्री इड्वार्ड फिलिपले बताए । सरकारले विद्यालयहरु क्रमिक रुपमा खुलाउँदै जाने योजना बनाएको उनले बताए ।

सुरुमा किन्डरगार्डेन र त्यसपछि प्राइमरी स्कूल खुलाइने छ । अन्त्यमा मात्रै सेकेन्डरी स्कूल खुलाइने र त्यहाँ मास्कको प्रयोग अनिवार्य गरिने फ्रान्स सरकारले बताएको छ । ११ देखि १५ वर्ष उमेरका बालबालिकाले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने भएको हो ।

कोरोना भाइरसबाट बढी प्रभावित भएको अर्को देश स्पेनले पनि जनजीवन केही खुकुलो र सामान्य बनाउने तर्फ कदम चालेपछि फ्रान्सले पनि आफ्नो योजना सार्वजनिक गरेको हो ।

अत्यावश्यक बाहेकका पसल वा बजारहरु पनि आउँदो मे ११ देखि फ्रान्समा खुला गर्ने फ्रान्स सरकारकाो तयारी छ । तर बार तथा रेस्टुरेन्टलाई भने सो छुट दिइएको छैन । खुला गरिएका पसलमा पनि सुरक्षात्मक सामग्रीको प्रयोग तथा तीन फिटको दूरी कामय गर्नु पर्ने छ ।

यस्तै सर्वसाधारणहरु मे ११ देखि घर बाहिर निस्कन पाउने छन् । एक ठाउँमा १० जनासम्म मात्रै जम्मा हुन पाइने छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ५३ बजे

मनिषाकाे तीन वर्षअघिको धर्मनिरपेक्षतासम्बन्धी भिडियो भाइरल 

काठमाडौं– नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध उत्रिएका युवा प्रदर्शनकारीमाथि

दुई सय ६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं– विराटनगर महानगरपालिका–१५ बाट  दुई सय ६२ किलो ५८० ग्राम

सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम) सडक सुक्खा पहिरोका कारण

रास्वपा छाड्दै सुमनाले भनिन्- गल्तीमाथि गल्ती गर्दै जानेलाई सधैं बोक्न सकिँदैन

काठमाडौं–  पूर्वशिक्षामन्त्री समेत रहेकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

सात सय ३० राउण्ड गोलीसहित आठ जना पक्राउ

काठमाडौं– बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८