सन् २०२१ मा पनि कोरोना भाइरसको महामारी नरोकिए ओलम्पिक रद्द गरिने « Khabarhub

सन् २०२१ मा पनि कोरोना भाइरसको महामारी नरोकिए ओलम्पिक रद्द गरिने


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सन् २०२१ भित्र पनि कोरोना भाइरसको महामारी नरोकिए टोकियो ओलम्पिक रद्द गरिने भएको छ ।

टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष योयिरो मोरीले अर्को वर्षको अन्तिमसम्ममा पनि कोरोना भाइरसको महामारी नियन्त्रणमा नआए टोकियो ओलम्पिक २०२० रद्द गरिने बताएका हुन् ।

कोरोनाका कारण एक वर्ष पछि सारिएको प्रतियोगिता महामारीले सन् २०२१ मा पनि हुने अवस्था नआए रद्द नै गरिने उनले जानकारी दिएका हुन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र जापान सरकारले यसअघि नै प्रतियोगिता एक वर्ष पर सारेका छन्।

कोरोना भाइरसको महामारी रोकिए प्रतियोगिता सन् २०२१ को जुलाई २३ मा सुरु भएर अगष्ट ८ मा समापन हुनेछ ।

टोकियो ओलम्पिक आयोजक समितिका प्रवक्ता मासा तकायाले भने अध्यक्षको भनाईप्रति आलोचना गरेका छन् । उनले मोरीको भनाइलाई आधिकारीक नमान्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : ०६ बजे

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक