यो सिजनका खेल गतिविधि रद्द गर्ने तयारीमा फ्रान्स सरकार « Khabarhub

यो सिजनका खेल गतिविधि रद्द गर्ने तयारीमा फ्रान्स सरकार


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फ्रान्स सरकारले सबैखाले खेलकुद गतिविधिमा प्रतिबन्ध लगाएसँगै यो सिजनको ‘लिग वान’ र ‘लिग टु’ नहुने भएका छन्।

कोरोना भाइरसको जोखिम रहेसम्म फ्रान्स सरकारले सबै खाले खेल गतिविधिमा रोक लगाउने तयारी गरेको छ।

बुधबार बिहान फ्रान्सका प्रधानमन्त्री इडोराड फिल्लिपेले २०१९/०२० का सबै खेल गतिविधि रद्द गर्ने योजना सुनाएका हुन्।

मे ११ सम्म कोरोनाको जोखिम कम नभए फुटबल देखि इन्डोर प्रतियोगिता सबै रोक्ने तयारी सरकार गरिरहेको उनले बताएका हुन्।

यद्यपि फ्रान्सको फुटबलको नियामक निकायले जुन १७ देखि जुलाई २५ सम्म सकाउनेगरि बीचमै रोकिएका लिग वान र टु पुन: सुचारु गर्ने अपेक्षामा छ।

फ्रान्समा मार्च १३ देखि फुटबलका गतिविधि ठप्प छन्। अहिलेसम्म लिग डे फ्रान्स (एलएफडी) सिजन रद्द गर्ने बारे भने कुनै निर्णय लिइसकेको छैन्। लिगको सिजन अन्त्य गर्दा रेलिगेसन गर्ने र प्रमोट गर्ने भन्ने पनि निश्चित भइसकेको छैन्।

लिग वानमा १० चरणका खेल बाँकी हुँदा साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ५६ अंकसहित शीर्ष स्थानमा छ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ९ : ३९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी