विहारका पूर्वमुख्यमन्त्री यादवलाई कोरोना भाइरस संक्रमणको खतरा « Khabarhub

विहारका पूर्वमुख्यमन्त्री यादवलाई कोरोना भाइरस संक्रमणको खतरा


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको विहारका पूर्वमुख्यमन्त्री लालु यावदलाई कोरोना भाइरस संक्रमणको खतरा भएको भन्दै भारतको राष्ट्रिय जनता दल (आरजेडी) ले स्वास्थ्योपचारका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

भारतको राष्ट्रिय जनता दल (आरजेडी)  नेता तेजस्वी यादवले आफ्ना पिता तथा बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई कोरोना सङ्क्रमणको खतरा भएको भन्दै सरकारलाई विशेष स्वास्थ्य निगरानीका लागि ध्यानाकर्षण गराएका हुन् ।

पूर्वमुख्यमन्त्री यादवको उपचारमा संलग्न चिकित्सकलाई पनि कोभिड–१९ को सङ्क्रमण भएको हुनसक्ने खबरपछि उनले ट्वीटमार्फत यादवको उपचारमा ध्यान दिन केन्द्र सरकारको ध्यानकर्षण गरेका हुन् ।

‘यो मेरो आवाज १२ करोड बिहारी जनताको चासोसँग जोडिएको छ । ७२ बर्षीय यादवले पूराना धेरै जटिल रोगहरूको उपचार र औषधि सेवन गरिरहनुभएको छ र उहाँलाई कोरोनाभाइरस सङ्क्रमणको अत्याधिक खतरा छ । त्यसैले उहाँको स्वास्थ्यप्रति अत्यन्त गम्भीर हुन जरूरी हुनेछ,’ तेजस्वीले ट्वीटरमा लेखेका छन् ।

पूर्वमुख्यमन्त्री यादवको उपचार भइरहेको राँचीस्थित ‘राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (रिम्स)’ को एक कक्षमा रहेका अर्का एक विरामीमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएपछि आरजेडी नेता तेजस्वीले पूर्व मुख्यमन्त्रीको उपचारमा सावधानी उपनाउन ट्वीट्मार्फत् आह्वान गरेका हुन् ।

भ्रष्टाचार आरोपमा झारखण्डमा जेल जीवन बिताइरहेका बिहारका पूर्वमुख्यमन्त्री लालु यादवले सजायको धेरै हिस्सा रिम्स अस्पतालमा उपचार गरेरै विताएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ९ : ४९ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल