ब्लडको ग्रुप अनुसार कोरोनाको जोखिम ! | Khabarhub Khabarhub

ब्लडको ग्रुप अनुसार कोरोनाको जोखिम !


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अनुसन्धान अनुसार, कुनैपनि व्यक्तिको रक्त समुह (ब्लड ग्रुप)ले पनि कोरानामा भाइरसको जोखिम फरक पर्ने पत्ता लागेको छ।

चीनको हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले गरेको अनुसन्धान अनुसार, कोरोना भाइरसले रक्त समूह अनुसार प्रभाव गर्ने पत्ता लागेको हो ।

अनुसन्धान प्रतिवेदन अनुसार ब्लड ग्रुप ए भएका व्यक्तिलाई अन्य भन्दा कोरोना भाइरसको जोखिम केही बढी हुन्छ। साथै, ब्लड ग्रुप ओ भएका व्यक्तिहरुलाई संक्रमण हुने सम्भावन केही कम हुन्छ । चीनको वैज्ञानिकको यो अध्ययन ऊहानमा गरिएको हो । जुन स्थानबाट नैसंसारभरी कोरोना भाइरसको संक्रमण फैलिएको होे ।

ऊहानमा वैज्ञानिकले कोरोना भाइरसबाट संक्रमित २ हजार १७३ व्यक्तिमा अध्ययन गरेका थिए । जस मध्ये २०६ जनाको मृत्यु कोरोना भाइरसका कारण भएको थियो । उनीहरु हुबेई प्रान्तका तीन अस्पतालमा भर्ना थिए ।

कोरोना भाइरसका कारण मारिएका २०६ व्यक्तिमध्ये ८५ जनाको रक्त समूह ‘ए’ थियो ।

अर्थात् करिब ४१.२६ प्रतिशत । जबकी ५२ जनाको रक्त समूह ‘ओ’ थियो । अर्थात, करिब २५ प्रतिशत ।

२ हजार १७३ व्यक्तिमध्ये रक्त समूह एक हुने व्यक्ति धेरै थिए । यीमध्ये ३२ प्रतिशतको रक्त समूह ‘ए’ थियो भने रक्त समूह ‘ओ’ भएका व्यक्तिहरु २६ प्रतिशत थिए ।

अहिलेसम्म यो अनुसन्धानको रिभ्यू भने भएको छैन । गओ यिंगदाईले भनेका छन्– यदि तपाईंको रक्त समूह ए छ भने पनि तपाईं चिन्तित हुनु भने पर्दैन ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १० : १५ बजे

आँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार

हनोई – भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका

दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो

काठमाडौँ- भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो

ताप्लेजुङमा नेपाल–भारत सीमा स्तम्भको संयुक्त अनुगमन

ताप्लेजुङ – नेपाल–भारत सीमाको ताप्लेजुङ–सिक्किम खण्डमा संयुक्त अनुगमन र गस्ती

दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा सोमबार साँझ भएको विस्फोटमा

अफगानिस्तानका पूर्वकप्तान नैब लुम्बिनीबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले अफगानिस्तानका