ब्लडको ग्रुप अनुसार कोरोनाको जोखिम ! « Khabarhub

ब्लडको ग्रुप अनुसार कोरोनाको जोखिम !


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

अनुसन्धान अनुसार, कुनैपनि व्यक्तिको रक्त समुह (ब्लड ग्रुप)ले पनि कोरानामा भाइरसको जोखिम फरक पर्ने पत्ता लागेको छ।

चीनको हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले गरेको अनुसन्धान अनुसार, कोरोना भाइरसले रक्त समूह अनुसार प्रभाव गर्ने पत्ता लागेको हो ।

अनुसन्धान प्रतिवेदन अनुसार ब्लड ग्रुप ए भएका व्यक्तिलाई अन्य भन्दा कोरोना भाइरसको जोखिम केही बढी हुन्छ। साथै, ब्लड ग्रुप ओ भएका व्यक्तिहरुलाई संक्रमण हुने सम्भावन केही कम हुन्छ । चीनको वैज्ञानिकको यो अध्ययन ऊहानमा गरिएको हो । जुन स्थानबाट नैसंसारभरी कोरोना भाइरसको संक्रमण फैलिएको होे ।

ऊहानमा वैज्ञानिकले कोरोना भाइरसबाट संक्रमित २ हजार १७३ व्यक्तिमा अध्ययन गरेका थिए । जस मध्ये २०६ जनाको मृत्यु कोरोना भाइरसका कारण भएको थियो । उनीहरु हुबेई प्रान्तका तीन अस्पतालमा भर्ना थिए ।

कोरोना भाइरसका कारण मारिएका २०६ व्यक्तिमध्ये ८५ जनाको रक्त समूह ‘ए’ थियो ।

अर्थात् करिब ४१.२६ प्रतिशत । जबकी ५२ जनाको रक्त समूह ‘ओ’ थियो । अर्थात, करिब २५ प्रतिशत ।

२ हजार १७३ व्यक्तिमध्ये रक्त समूह एक हुने व्यक्ति धेरै थिए । यीमध्ये ३२ प्रतिशतको रक्त समूह ‘ए’ थियो भने रक्त समूह ‘ओ’ भएका व्यक्तिहरु २६ प्रतिशत थिए ।

अहिलेसम्म यो अनुसन्धानको रिभ्यू भने भएको छैन । गओ यिंगदाईले भनेका छन्– यदि तपाईंको रक्त समूह ए छ भने पनि तपाईं चिन्तित हुनु भने पर्दैन ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १० : १५ बजे

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा

कुवा संरक्षण चारकुनेवासी

तनहुँ– व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण

कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’

मान्म– विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै