कोरोना प्रभावित विदेशी विद्यार्थीलाई अष्ट्रेलियाले ११ सय डलर दिने | Khabarhub Khabarhub

कोरोना प्रभावित विदेशी विद्यार्थीलाई अष्ट्रेलियाले ११ सय डलर दिने


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसले आर्थिक गतिविधि नै ठप्प भएपछि अप्ठेरोमा परेका विदेशी विद्यार्थीलाई पनि अष्ट्रेलियाले आर्थिक सहयता गर्ने भएको छ ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यले विद्यार्थीहरुका लागि घोषणा गरेको ४५ मिलियन डलरको आपतकालिन राहत कोष अन्तरगत विदेशी विद्यार्थीलाई एक पटकलाई ११ सय डलर दिने जनाएको हो ।

भिक्टोरीया राज्य सरकारले जारी गरेको विज्ञप्तिमा विदेशी विद्यार्थीहरु पनि अष्ट्रेलियाको शैक्षिक क्षेत्र, अर्थतन्त्र र समुदायको महत्वपुर्ण हिस्सा भएकाले शुल्क मात्र लिने भन्दा पनि अप्ठेरोमा पर्दा सहायता गरिएको जनाइएको छ ।

भिक्टोरियामा १ लाख ५० हजार विदेशी विद्यार्थी बसोबास गर्दै आएका छन्। उनीहरुमध्ये कयौँले कोरोना भाइरसको महामारीले रोजगारी गुमाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १० : ३१ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल