प्लाज्मा थेरापी कोरोना संक्रमितका लागि कति प्रभावकारी ? « Khabarhub

प्लाज्मा थेरापी कोरोना संक्रमितका लागि कति प्रभावकारी ?


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण गर्न विविध उपाय अपनाइएपनि अहिले सम्म औषधि पत्ता लागेको छैन ।

अहिले संसारभरका चिकित्सक तथा वैज्ञानिक कोरोना भाइरसको औषधि पत्ता लगाउन लागिपरेका छन् । यद्यपि, हालसम्म यसको पूर्ण उपचार पद्धति भने पत्ता लागेको छैन । यसैबीच, रोग प्रतिरोधी क्षमतामा वृद्धि ल्याउन विभिन्न थेरापीको प्रयोग हुन थालेको छ । जसमध्ये कन्भलेसेन्ट प्लाज्मा थेरापी (सीपीटी) पनि एक हो ।

सीपीटीको प्रयोग लामो समयदेखि सार्स कोभिड, एच १ एन १, मर्स कोभिडका सक्रमितमा हुँदै आएको छ । यस्ता भाइरससँग कोभिड–१९ का केही लक्षण मिल्ने गरेका छन् । यसर्थ, यो थेरापी कोरोना संक्रमितका लागि पनि प्रभावकारी हुन सक्ने अनुमान गरिएको छ । तर, कुनै वैज्ञानिक प्रमाण भने छैन ।

के हो प्लाज्मा ?

प्लाज्मा रगतमा पाइने एक किसिमको तरल पदार्थ हो । रगतबाट छुट्याएपछि यो हलुका पहेँलो रङमा देख्न सकिन्छ ।

यसले शरीरमा आवश्यक पर्ने भागमा प्रोटिन पुर्‍याउने काम गर्छ । रगतमै पाइने एन्टीबडी पनि एक किसिमको प्रोटिन हो । यसले शरीरमा विभिन्न किसिमका रोगबाट हुने आक्रमणको प्रतिरोध गर्छ ।

के हो कन्भलेसेन्ट प्लाज्मा थेरापी ?

सामान्यतया, भाइरल रोगको कुनै विशेष उपचार पद्धति हुँदैन । जटिलताका आधारमा यस्ता रोगको उपचार गरिन्छ । त्यस्तै, नयाँ देखिएको कोभिड–१९ को पनि अहिलेसम्म कुनै उपचार पद्धति पत्ता लागेको छैन ।

भाइरससँग लड्नका लागि शरीरमा प्रतिरक्षा प्रणाली (इम्युनिटी सिस्टम)ले काम गरिरहेको हुन्छ । जसले रगतको माध्यमबाट इम्युनोग्लोबुलिन उत्पादन गर्छ ।

कोरोनाविरुद्ध लड्न मानव शरीरले प्रतिरोधी क्षमता विकास गर्न कम्तीमा १० देखि १४ दिन लाग्ने गर्छ । यदि सुरुवातीको चरणमै बिरामीमा प्लाज्मा थेरापी अपनाउने हो भने भाइरससँग लड्ने क्षमतामा वृद्धि गर्न सकिन्छ ।

प्लाज्मा थेरापीको माध्यमबाट रगतबाट उक्त इम्युनोग्लोबुलिनलाई हटाइन्छ । कुनै भाइरसको संक्रमणका कारण शरीरमा एन्टिबडीले काम गर्न असमर्थ हुँदा वा रोगबाट निको हुने सम्भावना कम भएमा प्लाज्मा थेरापीको विधि अपनाइन्छ ।

प्रतिरक्षा प्रणालीले शरीरमा एन्टिबडी विकास गर्न र भाइरसविरुद्ध लड्नका लागि खोप दिइने गरिन्छ । तर, कोरोनाविरुद्ध अहिलेसम्म कुनै भ्याक्सिन पत्ता लागेको छैन ।

एक अध्ययनअनुसार, मानव शरीरले कोरोनाविरुद्ध लड्नका लागि प्रतिरोधी क्षमता विकास गर्न कम्तीमा १० देखि १४ दिन लाग्ने गर्छ । यदि, सुरुवातीको चरणमै बिरामीमा प्लाज्मा थेरापी अपनाउने हो भने भाइरससँग लड्ने क्षमतामा वृद्धि गर्न सकिन्छ ।

प्लाज्मा थेरापी एकदमै छोटो समयमा गरिन्छ । शरीरमा रगत जम्मा गरेर प्लाज्मालाई मेसिनको माध्यमबाट छुट्याइन्छ र बाँकी रगत शरीरमै फिर्ता पठाइन्छ ।

सामान्यतया, यो विधि भाइरसले ल्याउने जटिलतालाई कम गर्न सहयोगी हुन्छ । कोरोनाका केही बिरामीमा यो विधि प्रयोग गरिए पनि यसबारे विज्ञानले पूर्ण रूपमा प्रमाणित गरेको छैन । तर, प्लाज्मा थेरापीले कतिपय अवस्थामा अन्य समस्या पनि सिर्जना गर्न सक्ने भएकाले सबै बिरामीका लागि उपयुक्त नहुन सक्छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १० : ३६ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक