अमेरिकामा कुकुरमा पनि कोरोना संक्रमण भएको पुष्टि « Khabarhub

अमेरिकामा कुकुरमा पनि कोरोना संक्रमण भएको पुष्टि


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको नर्थ क्यारोलिना कुकुरमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एक घरपालुवा कुकुरमा सार्स-कोभ-२ भाइरस फेला परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

डुक युनिभर्सिटीका अनुसन्धानकर्मीले न्युयोर्कबाट प्रकाशित हुने टाइम म्यागेजिनलाई दिएको जानकारीअनुसार अमेरिकामा कुकुरमा कोभिड-१९ भेटिएको यो पहिलो घटना हो ।

अमेरिकामा गत २२ अप्रिलमा न्युयोर्कका फरक स्थानमा दुईवटा घरपालुवा बिरालामा पनि सार्स-कोभ-२ को संक्रमण फेला परेको थियो।

न्युयोर्ककै ‘ब्रोंक्स’ नामक चिडियाखानामा एक बाघमा पनि ५ अप्रिलमा सार्स-कोभ-२ को संक्रमण फेला परेको थियो।

कुकुरमा सार्स-कोभ-२ भेटिएको परिवारका बाबु, आमा र छोरामा कोभिड-१९ पोजिटिभ पाइएको थियो।

ड्युक युनिभर्सिटीका अनुसन्धानकर्मीले मानिसको शरीरबाट कसरी कुकुरमा कोरोना भाइरसको संक्रमण सर्‍यो भन्‍नेबारे अनुसन्धान जारी राखेका छन् ।

गत फेब्रुअरीको अन्तिममा हङकङमा मानिसबाट जनावरमा भाइरस सरेको फेला परेको थियो। हङकङमा कुकुरमा कोरोना भाइरस उसका मालिकबाट सरेको जनाइएको थियो ।

यसैबीच,  विशेषज्ञहरुले कुकुरहरूमा सुघ्ने शक्ति तीब्र हुने भएका कारण कोरोना भाइरस पत्ता लगाउन सक्ने दाबीसहित परीक्षण समेत थालेका छन् ।

चैरिटी मेडिकल डिटेक्शन डग्सले कुकुरहरूलाई मलेरिया, क्यान्सर र पार्किन्सनको सुगन्ध पत्ता लगाउन प्रशिक्षण दिइसकेको छ।

लन्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिन (LSHTM)ले कोरोना महामारी परीक्षण गर्न कुकुरलाई प्रयोग गर्ने योजना अघि सारेको हो । 

डा. क्लेयर गेस्टले भनिन्, “सिद्धान्तमा, हामी निश्चित छौं कि कुकुरहरूले कोभिड-१९ पत्ता लगाउन सक्नेछन् ।”

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ११ : ०७ बजे

धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो

धरान– धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित ऐतिहासिक तथा पौराणिक महत्वको अमृतपिण्ड

सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिभा बैठकमा सरकारमाथि

बजेट निर्माणमा जुटे कञ्चनपुरका पालिका

महेन्द्रनगर– यहाँका स्थानीय पालिकाहरू आगामी आर्थिक वर्ष २०८३-८४ का लागि

यी हुन् पहिलो पटक विश्वकप खेल्न लागेका चार नयाँ टोली

काठमाडौँ – विश्व फुटबलको सबभन्दा ठूलो महोत्सव फिफा विश्वकपको आकार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया

तेहरान– खाडी क्षेत्रमा भारतीय चालक दल रहेका व्यावसायिक जहाजहरूमाथि भएको