अमेरिकामा कुकुरमा पनि कोरोना संक्रमण भएको पुष्टि | Khabarhub Khabarhub

अमेरिकामा कुकुरमा पनि कोरोना संक्रमण भएको पुष्टि


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको नर्थ क्यारोलिना कुकुरमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एक घरपालुवा कुकुरमा सार्स-कोभ-२ भाइरस फेला परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

डुक युनिभर्सिटीका अनुसन्धानकर्मीले न्युयोर्कबाट प्रकाशित हुने टाइम म्यागेजिनलाई दिएको जानकारीअनुसार अमेरिकामा कुकुरमा कोभिड-१९ भेटिएको यो पहिलो घटना हो ।

अमेरिकामा गत २२ अप्रिलमा न्युयोर्कका फरक स्थानमा दुईवटा घरपालुवा बिरालामा पनि सार्स-कोभ-२ को संक्रमण फेला परेको थियो।

न्युयोर्ककै ‘ब्रोंक्स’ नामक चिडियाखानामा एक बाघमा पनि ५ अप्रिलमा सार्स-कोभ-२ को संक्रमण फेला परेको थियो।

कुकुरमा सार्स-कोभ-२ भेटिएको परिवारका बाबु, आमा र छोरामा कोभिड-१९ पोजिटिभ पाइएको थियो।

ड्युक युनिभर्सिटीका अनुसन्धानकर्मीले मानिसको शरीरबाट कसरी कुकुरमा कोरोना भाइरसको संक्रमण सर्‍यो भन्‍नेबारे अनुसन्धान जारी राखेका छन् ।

गत फेब्रुअरीको अन्तिममा हङकङमा मानिसबाट जनावरमा भाइरस सरेको फेला परेको थियो। हङकङमा कुकुरमा कोरोना भाइरस उसका मालिकबाट सरेको जनाइएको थियो ।

यसैबीच,  विशेषज्ञहरुले कुकुरहरूमा सुघ्ने शक्ति तीब्र हुने भएका कारण कोरोना भाइरस पत्ता लगाउन सक्ने दाबीसहित परीक्षण समेत थालेका छन् ।

चैरिटी मेडिकल डिटेक्शन डग्सले कुकुरहरूलाई मलेरिया, क्यान्सर र पार्किन्सनको सुगन्ध पत्ता लगाउन प्रशिक्षण दिइसकेको छ।

लन्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिन (LSHTM)ले कोरोना महामारी परीक्षण गर्न कुकुरलाई प्रयोग गर्ने योजना अघि सारेको हो । 

डा. क्लेयर गेस्टले भनिन्, “सिद्धान्तमा, हामी निश्चित छौं कि कुकुरहरूले कोभिड-१९ पत्ता लगाउन सक्नेछन् ।”

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ११ : ०७ बजे

चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता

एजेन्सी– दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपश्चिम गुसान

प्रहरी कार्यालयमा आगजनी गर्ने १० जना पक्राउ

दमक– जेन-जी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा

सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट

काठमाडौं- काठमाडौं महानगरपालिकाले थालनी गर्न लागेको सिल्भर भोलेन्टियर कार्यक्रमका लागि

राजनीतिक अस्थिरताको फाइदा लिन खोज्दै सीके राउत, भने- मौका यही हो, मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौँ

जनकपुरधाम- सोमबार बिहानै ४ बजे प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले

घोराही–तुलसीपुर चारलेन : सर्वेको काम सकियो

तुलसीपुर– घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि सर्वेको काम पूरा भएको