मास्क नलगाई बिरामी भेट्न अस्पताल पुगेपछि अमेरिकी उपराष्ट्रपतिको आलोचना « Khabarhub

मास्क नलगाई बिरामी भेट्न अस्पताल पुगेपछि अमेरिकी उपराष्ट्रपतिको आलोचना


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी उपराष्ट्रपति माइक पेन्स मास्क नलगाई बिरामी भेट्न अस्पताल पुगका छन् । अस्पताल जाँदा मास्क नलगाइ पुगेपछि उनको व्यापक आलोचना भएको छ ।

उपराष्‍ट्रपति पेन्स मिनेसोटाको एक मेडिकल सेन्टरमा मास्क नलगाई बिरामी भेट्न पुगका तस्वीरहरु सार्वजनिक भएका छन् ।

पेन्सका सहयोगी र बिरामीले भने मास्क पहिरिएका थिए । उनी गएको मेडिकल सेन्टर मायो क्लिनिकले पेन्सको तस्वीरसहितको ट्विट गरेको थियो। सोही तस्वीरका कारण उपराष्‍ट्रपतिको आलोचना भएपछि ट्विट डिलिट गरिएको थियो ।

जबकि, उपराष्‍ट्रपति पेन्स नै ह्‍वाइट हाउसको कोरोना भाइरस टास्कफोर्सका प्रमुख हुन् । स्वास्थ्यकर्मी र बिरामी भेट्न जानैपर्ने भएकाले आफू उक्त क्लिनिकमा पुगेको बताउँदै उपराष्‍ट्रपति पेन्सले आफ्नो बचाउ गर्न खोजेका छन् । मास्क नलगाएको बारे भने केही उल्लेख गरेका छैनन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १ : २१ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान