नगरपालिकाको राहत कोषमा कांग्रेसद्वारा ५ लाख सहयोग « Khabarhub

नगरपालिकाको राहत कोषमा कांग्रेसद्वारा ५ लाख सहयोग


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

व्यास– नेपाली कांग्रेस तनहुँ व्यास नगर समितिले कोभिड–१९ को जोखिम न्यूनीकरणमा सघाउन व्यास नगरपालिकालाई ५ लाख हस्तान्तरण गरेको छ । कांग्रेस नगर समितिले १४ वटै वडाका क्रियाशील सदस्य, शुभेच्छुक, व्यक्ति, सङ्घसंस्थाबाट सङ्कलन गरेको उक्त रकम बुधबार कांग्रेस नगर सभापति शान्तिरमण वाग्लेले नगरपालिकाका प्रमुख (मेयर) बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरे ।

कांग्रेस तनहुँको निर्देशनबमोजिम जिल्लाका १० वटै स्थानीय तहमा रकम सङ्कलन अभियान सञ्चालन गरिएको र सङ्कलित रकम सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिने वाग्लेले जानकारी दिनुभयो । ‘नेपाली कांग्रेस सुखदुःखमा सधैँ जनताको साथमा छ, स्थानीय तहलाई हस्तान्तरण गरिएको रकमको सही सदुपयोग होस्,’ वाग्लेले भने ।

कांग्रेसले ठूलो धनराशी नगरपालिकाको राहत कोषका लागि सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दै नगरप्रमुख न्यौपानेले भने, ‘यो सहयोगले अन्य राजनीतिक दल, सङ्घसंस्थालाई पनि प्रेरणा दिएको छ ।’

प्राप्त सहयोग रकम नगरपालिकाको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उपचार कोषमा जम्मा गरिने र एकद्वार प्रणालीबाट नै रकम खर्च गरिने न्यौपानेले जानकारी दिए ।

बन्दाबन्दीबाट प्रभावित नगर क्षेत्रभित्रका विपन्न तथा असहाय परिवारलाई ५० लाख बराबरको राहत वितरण गरिसकेको नगरप्रमुख न्यौपानेले जानकारी दिए ।

‘बन्दाबन्दी लम्बिँदै जाँदा प्रभावितको सङ्ख्या बढ्न सक्ने भएकाले आगामी दिनमा पनि त्यस्ता व्यक्तिलाई पनि सम्बोधन गरिनेछ,’ न्यौपानेले भने ।

नेपाली कांग्रेस तनहुँका सहसचिव एवं प्रवक्ता डम्बरबहादुर अधिकारीका अनुसार नगरका १४ वडा समिति, क्रियाशील सदस्य, सर्वसाधारणबाट पहिलो चरणमा सङ्कलन भएको रकम नगरपालिकालाई हस्तान्तरण गरिएको छ । पार्टीले सञ्चालन गरेको उक्त अभियानमा व्यक्तिगतरूपमा सबैभन्दा बढी रु ११ हजारसम्म सहयोग प्राप्त भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ३ : २० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल