नगरपालिकाको राहत कोषमा कांग्रेसद्वारा ५ लाख सहयोग | Khabarhub Khabarhub

नगरपालिकाको राहत कोषमा कांग्रेसद्वारा ५ लाख सहयोग


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

व्यास– नेपाली कांग्रेस तनहुँ व्यास नगर समितिले कोभिड–१९ को जोखिम न्यूनीकरणमा सघाउन व्यास नगरपालिकालाई ५ लाख हस्तान्तरण गरेको छ । कांग्रेस नगर समितिले १४ वटै वडाका क्रियाशील सदस्य, शुभेच्छुक, व्यक्ति, सङ्घसंस्थाबाट सङ्कलन गरेको उक्त रकम बुधबार कांग्रेस नगर सभापति शान्तिरमण वाग्लेले नगरपालिकाका प्रमुख (मेयर) बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरे ।

कांग्रेस तनहुँको निर्देशनबमोजिम जिल्लाका १० वटै स्थानीय तहमा रकम सङ्कलन अभियान सञ्चालन गरिएको र सङ्कलित रकम सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिने वाग्लेले जानकारी दिनुभयो । ‘नेपाली कांग्रेस सुखदुःखमा सधैँ जनताको साथमा छ, स्थानीय तहलाई हस्तान्तरण गरिएको रकमको सही सदुपयोग होस्,’ वाग्लेले भने ।

कांग्रेसले ठूलो धनराशी नगरपालिकाको राहत कोषका लागि सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दै नगरप्रमुख न्यौपानेले भने, ‘यो सहयोगले अन्य राजनीतिक दल, सङ्घसंस्थालाई पनि प्रेरणा दिएको छ ।’

प्राप्त सहयोग रकम नगरपालिकाको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उपचार कोषमा जम्मा गरिने र एकद्वार प्रणालीबाट नै रकम खर्च गरिने न्यौपानेले जानकारी दिए ।

बन्दाबन्दीबाट प्रभावित नगर क्षेत्रभित्रका विपन्न तथा असहाय परिवारलाई ५० लाख बराबरको राहत वितरण गरिसकेको नगरप्रमुख न्यौपानेले जानकारी दिए ।

‘बन्दाबन्दी लम्बिँदै जाँदा प्रभावितको सङ्ख्या बढ्न सक्ने भएकाले आगामी दिनमा पनि त्यस्ता व्यक्तिलाई पनि सम्बोधन गरिनेछ,’ न्यौपानेले भने ।

नेपाली कांग्रेस तनहुँका सहसचिव एवं प्रवक्ता डम्बरबहादुर अधिकारीका अनुसार नगरका १४ वडा समिति, क्रियाशील सदस्य, सर्वसाधारणबाट पहिलो चरणमा सङ्कलन भएको रकम नगरपालिकालाई हस्तान्तरण गरिएको छ । पार्टीले सञ्चालन गरेको उक्त अभियानमा व्यक्तिगतरूपमा सबैभन्दा बढी रु ११ हजारसम्म सहयोग प्राप्त भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ३ : २० बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते